लायन्स क्लब अफ बुटवल तिनाउदद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न


लायन्स क्लब अफ बुटवल तिनाउदद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न

रुपन्देही । लायन्स क्लब अफ बुटवल तिनाउको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं. ३ मा रहेको सिद्धबाबा मन्दिरको रामापिथेकस पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । 

क्लबका अध्यक्ष लायन अनन्त न्यौपानेको अध्यक्षता, क्लबका पुर्व अध्यक्ष District Deputy Chief लायन भरत गैरेको संयोजकत्व तथा क्लबका सचिव लायन सुमन घिमिरेले संचालन गर्नुभएको सो कार्यक्रममा IPDG MJF लायन पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख अतिथि, बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु ढकाल विशिष्ट अतिथि, सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष अमर खड्का अतिथि, Cluster Chief क्लबका चार्टर प्रेसिडेन्ट लायन चिरञ्जिवी अधिकारी अतिथि लगायत क्लबका अन्य सदस्यहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

वृक्षारोपण कार्यक्रममा आँप, जामुन, शित्तलचिनी (मोरिङ्गा) लगायतका ३० भन्दा बढी विरुवा रोपिएको थियो । अब रोपिएका विरुवाको रेखदेख, संरक्षण गर्ने जिम्मेवारी आफुहरुको रहेको सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष अमर खड्काले बताउनुभएको छ ।

उक्त कार्यक्रमको सफलतको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि IPDG MJF लायन पुरुषोत्तम भक्त प्रधानाङ्गले कार्यक्रम संयोजक लायन भरत गैरेलाई सर्भिस पिनद्धारा सम्मान गर्नुभएको थियो ।