प्रवासी नेपाली सम्पर्क मन्च भारत-तमिलनाडुको नगर भेला सम्पन्न


प्रवासी नेपाली सम्पर्क मन्च भारत-तमिलनाडुको नगर भेला सम्पन्न

चेन्नई,भारत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवासी नेपाली सम्पर्क मञ्च, भारत–तमिलनाडु राज्य समितिको नगर भेला चेन्नईको अन्ना नगर टावर पार्कमा आइतबार सम्पन्न भएको छ ।

वरिष्ठ व्यक्तित्व श्री मानबहादुर साउदको नेतृत्वमा आयोजित उक्त भेलामा विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा माननीय श्री लालबहादुर खड्का, राज्य समितिका सह-महामन्त्री श्री यादब पाण्डेय तथा सचिव श्री देव धामी लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी अन्ना नगर समितिका सभापति अम्मार भोगटी, कृष्ण भोगटी, वल्लुरकोट्टम नगर समितिका सभापति सुरेन्द्र साउद सहित बीरबहादुर भोगटी, सूर्य बहादुर भोगटी, विशाल देउवा, खडक साउद, अमर भोगटी, राम बहादुर थापा, रामबहादुर ओली, अर्जुन नागरी, केशव बहादुर साउद, मान बहादुर भोगटी, राम बहादुर खड्का, सुरेन्द्र विक, महेश खड्का लगायतको समेत उपस्थिति रहेको थियो ।

भेलामा नेपालमा हालै गठन भएको सरकारलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । साथै, प्रवासी नेपालीका समस्याहरू समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँदै राजदूतावास सम्म प्रवासीहरूको पहुँच सहज र प्रभावकारी बनाउनुपर्ने विषयमा जोड दिइएको थियो ।

कार्यक्रम उत्साहजनक रुपमा सफलतापूर्वक सम्पन्न भएको कार्यक्रम निकट स्रोतले जनाएको छ ।