हाम्रो बारेमा
पिएसएम नेपाल अमर संचार गृह प्रा.लि.द्धारा संचालित एक आधिकारिक वेबसाईट हो, जसले सत्य, तथ्य र यथार्थमा आधारित सुचना, समाचार, जानकारी तथा रिपोर्टहरु तपाईहरुलाई प्रदान गर्नेछ । यो वेबसाईट नेपाल सरकार, संचार तथा सुचना प्रविधि मन्त्रालय तथा प्रेस काउन्सिल नेपालमा आधिकारिक रुपमा दर्ता तथा सुचिकृत भई संचालनमा आएको छ । यस वेबसाईटबाट सम्प्रेषण गरिने सामाग्रीहरु नितान्त खोज, अनुसन्धान र तथ्यपरक हुनेछन् ।
मिसन
कुनैपनि विषयवस्तु जसको सार्वजनिक महत्वका भएता पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ओझेलमा परिरहेको अवस्थामा पिएसएस नेपाल कै आधिकारिक प्रतिनिधि मार्फत स्थलगत रिपोर्टिङ्गको आधारमा आधिकारिक समाचार, ऐतिहासिक तथा धार्मिक स्थल, परम्परा, सामाजिक मुल्य मान्यता, पर्यटकिय सम्भावना बोकेका ठाउँको स्थलगत अवलोकन सहितका रिपोर्टहरु संकलन तथा प्रस्तुत गरिने छ ।
भिजन
हाम्रो आधिकारिक माध्यममा प्रस्तुत गरिने कुनैपनि सामाग्रीहरु कपोलकल्पित तथा भ्रामक हुने छैनन् । यस मिडिया मार्फत उठान गरिने हरेक विषयवस्तु यथार्थ र तथ्यपरक हुनेछन् । कुनैपनि विषयवस्तुको गहिराईसम्म पुगी सत्यतथ्य बाहिर ल्याउन हामी लिखित शब्द, श्रव्य र दृश्य सामग्री अर्थात् फोटो तथा आवश्यक परेमा भिडियो सहितको सामाग्री प्रस्तुत गर्नेछौ ।
उद्देश्य
कुनैपनि सार्वजनिक महत्व राख्ने विषयवस्तुलाई तथ्यसहित उजागर गर्नु र सामाजिक न्यायको पक्षलाई सुरक्षित राख्नको लागी अन्याय र असमानताको विरुद्ध खोज पत्रकारिता गर्नु नै हाम्रो पहिलो उद्देश्य हो । यसबाहेक पनि स्थानिय स्तरमा रहेका जनताको अवस्थाको बारेमा जानकारी तथा सन्देशहरु संकलन गरि राज्यस्तरमा पुर्याउनु, आम जनताका गुनासा तथा समस्याको आवाजलाई जस्ताको तस्तै सम्बन्धित निकाय तथा सरोकारवाला समक्ष पुर्याउनु उक्त पक्षलाई उत्तरदायी बनाउने उद्देश्यमा पिएसएम नेपाल सदैव लागिरहने छ ।
यो संस्था अन्याय र असमानता विरुद्ध खोजी गरी सहि समाधान गर्न सहयोग गर्ने अभिप्रायले स्थापना गरिएको हो । शान्ति र सुरक्षाको पक्षमा रही समाजमा घटेको सत्य, तथ्य घटनाको खोजी गरी सम्बन्धित निकायमा छलफल र सहकार्य गरी पिडित पक्षलाई न्याय र समानता दिलाउने हाम्रो मुख्य अभिप्राय हो ।
यस संस्थाको मुख्य उद्देश्य अन्याय र असमानता निर्मुल पारि विश्वभरी मानव अधिकारको सुरक्षा गर्दै समानता र न्यायको वातावरण बनाईराख्नु हो ।