झुमादेवी युवा कल्बको आयोजनामा पाणिनी आलममा दशैं विशेष कार्यक्रम हुने, तयारी अन्तिम चरणमा पुगेको जानकारी ।


झुमादेवी युवा कल्बको आयोजनामा पाणिनी आलममा दशैं विशेष कार्यक्रम हुने, तयारी अन्तिम चरणमा पुगेको जानकारी ।

डिआरजी सुमन, पाणिनि । मैदान, पाणिनि गाँउ पालिका वडा न. ५ मैदान आलम नगर स्थित श्री कृष्ण माध्यमिक विद्यालय परिसरमा भव्य सांस्कृतिक कार्यक्रमको तयारी गरिएको झुमादेवी युवा कल्बका अध्यक्ष देव बहादुर जीसीले स्वतन्त्र पत्रकार डिआरजी सुमनलाई जानकारी गराएका छन । पाणिनि गाँउ पालिका केन्द्रलाई आधार मानेर चर्चित फिल्मी अभिनेता देखी कलाकार समेत दुर्गाफाँटमा हुने महोत्सव केन्द्रीय हुने परम्परालाई तोड्दै सामाजिक सेवा र विकासात्मक गतिविधिमा क्रियाशील हुदै आएको झुमादेवी युवा कल्ब मैदानले पहिलो पटक राष्ट्रिय कलाकारहरुको साथ आलमदेवी परिसरमा सांस्कृतिक कार्यक्रमको तयारी गरेको छ । 

पाणिनि गाँउ पालिका वडा नं ५, श्री कृष्ण मा‍ वि र पाणिनिकै महत्वपूर्ण पर्यटकीय नगरी झुमादेवी र आलमदेवी मन्दिरको काँख मानिएको कार्यक्रम स्थल विशेष गरी दक्षिण खाँचीकै कोजाग्रत पुर्णिमा मेलाको केन्द्रबिन्दु मानिने गरिएको ईतिहासबिच पहिलो पटक सांस्कृतिक कार्यक्रम समेत गरिने वातावरणले आफुलाई खुसी बनाएको पाणिनि ४ पटौटीका युवा गणपति अधिकारी बताउछन् । 

पाणिनि गाँउ पालिकाको केन्द्र दुर्गाफाँटबाट नजिकै रहेको पाणिनि-कालीकाठी पदमार्गको मध्यभागमा अवस्थित आलमदेवी मन्दिरमा हुने यो कार्यक्रममा हज्जारौँ दर्शक रहने अपेक्षा गरिएको स्थानीय बताउछन । पाणिनि गाँउ पालिका वडा नं ५ मैदानको आलम नगरमा हुने कार्यक्रममा हास्यव्यङ्ग कलाकार पुर्खे बा , चर्चित कलाकार कोपिला न्यौपाने , र्यापर गायक आदित्य अधिकारी, लगायतका कलाकारको प्रस्तुति रहने भएको भएपनि मुख्य केन्द्रबिन्दुमा राष्ट्रिय चर्चित वरिष्ठ लाेकदाेहाेरी गायक पशुपति शर्मा रहने कार्यक्रम संयोजक पाणिनि पर्यटन समाजका अध्यक्ष झविन सुनामले बताउछन् ।

पाणिनि गाँउ पालिकाको आलमनगर परिसरमा दशै लक्षित कार्यक्रम आयोजित हुदै गर्दा राष्ट्रिय स्तरीय विभिन्न स्टेजमा कुशल उद्घोषकको नाममा परिचय बनाएका पाणिनि कलाकार समाज नेपालका सचिव विकास भट्टराई मुख्य उद्घोषकको रुपमा रहने आयोजक संस्था झुमीदेवी युवा कबले जनाएको छ । पाणिनि र मैदानको पर्यटन प्रवर्द्धनमा यो कार्यक्रम आफैमा महत्वपूर्ण हुने पाणिनी पर्यटन समाजका सचिव केशव बन्जाडे बताउछन । यस क्षेत्रमा पहिलो पटक झुमादेवी युवा कल्बले महत्वपुर्ण कार्यक्रम आयोजना गर्दा उत्साह थपेको महसूस भएको पाणिनि गाँउ पालिका ५ वडा अध्यक्ष ईन्दमणी घिमिरे बताउछन् । विजया दशमी तथा दीपावली लक्षित कार्यक्रम कोजाग्रत पुर्णीमाको अघिल्लो दिन अश्विन २९ गते मंगलबार त्रयोदशीको अवसरमा गरिने आयोजक संस्था झुमादेवी युवा कल्बद्वारा जानकारी गराईएको छ ।