मुक्तिनाथ फाउण्डेशनले मनायो महारास्ट्रको भिवंडीमा तीज कार्यक्रम
मुम्बई, भिवंडी। सामाजिक संस्थाहरु मध्ये एक "श्री मुक्तिनाथ फाउण्डेशन" को आयोजनामा रेती बंदर रोड वेताल अग्निमाता इनडोर स्टेडियम काल्हेरमा १ सेप्टेम्बरका दिन हरितालिका (तिज) पर्व भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता सोही फाउन्डेसनका अध्यक्ष श्री कमल कार्कीले गर्नुभएको थियो भने कार्यक्रम संचालन फाउन्डेसनका महासचिव श्री तुलसिराम घिमिरे, फाउन्डेसनकी महिला विभाग सचिव श्रीमती सरिता गिरि र श्रीमती लक्ष्मी भन्डारी ढकालले गर्नुभएको थियो । भर्खरै–भर्खरै दर्ता प्रक्रिया पूरा गरेर प्रवासी नेपालीको हक, हित र समस्यामा काम गर्दै आएको मुक्तिनाथ फाउण्डेशनका सबै सहयोगी साथीहरु क्रमशः उपाध्यक्ष श्री डिल्लीराम पौडेल, कोषाध्यक्ष श्री हरि पान्डेय, सह कोषाध्यक्ष श्री जिवन पान्डेय, महिला विभाग प्रमुख श्रीमती चित्रा शर्मा, सस्कृती विभाग प्रमुख रामहरी शर्मा, खेलकुद विभाग प्रमुख श्री गोपि कृष्ण खनाल, सदस्यहरु श्री धनबहादुर क्षेत्री, श्री अशोक क्षेत्री, श्रीमति कृष्ण शर्मा, श्री किशोर शर्मा, श्री रामकृष्ण बराल, श्री होम बहादुर देवकोटा, धनबहादुर श्रेष्ठ, श्री डिल्लिप्रसाद शर्मा, श्री शुक्रराज तिवारी, श्री रामनाथ अधिकारी र प्रमुख सल्लाहकार श्री दुर्गाप्रसाद शर्माज्युहरुले सम्पुर्ण अतिथिहरुको स्वागत तथा सम्मान गर्नुभएको थियो। फाउण्डेशनको यो तिज कार्यक्रम पहिलो थियो । मुम्बई लगायत आसपासका ठाँउहरुमा बाक्लो संख्यामा प्रवासी नेपाली जनहरु छन् । हरितालिका पर्वको रौनक स्वदेशमा मात्र नभएर विदेशी भुमिमा पनि उत्तिकै हर्षोल्लासका साथमा मनाइरहँदा कार्यक्रम एकैदिन धेरै भएतापनि मुक्तिनाथ फाउण्डेशनको स्टेजमा भने सोचे भन्दा बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा ग्राम-पन्चायत काल्हेरका सरपंच, उपसरपंच, भु पु सरपंच र विभिन्न ठाँउहरुबाट आउनुभएका अतिथि, समाजसेवी र बुद्धिजीवीहरुको साथै हाम्रो छहारी कि अध्यक्ष र नेपाली सस्कृती परिषद्का अध्यक्ष लगायत नवि-मुम्बईबाट आउनु भएका विशेष अतिथिहरुको पनि उपस्थिति रहेको थियो ।
प्रविधिको विकास सँगै मौलिक पर्वहरु थप सशक्त र शोभनीय देखिनुको सट्टा पर्वहरु झन विकृति र भड्किलो बन्दै गइरहेको बेला प्रवासको यो स्टेजमा भने आफ्नै मौलिक भाकामा जोर मादल घन्काउदै दिदिबहिनीहरु जमेरै नाचे/गित गाए । कार्यक्रमको रौनकताले विदेशको भुमी बिर्साइदिएर स्वदेशमै भएको अनुभुती भएको आगन्तुक सबैले व्यक्त गरेका थिए । अत्यन्तै हर्षित अनुहारमा नाचिरहेका महिला दिदिबहिनीहरु तोकिएको समय सकिँदा पनि नाचेर नथाकेको बताए । कार्यक्रम एकदमै भव्य र सभ्यताका साथ सम्पन्न भएको थियो । बीच बिचमा स-साना नानिहरुको नृत्यले कार्यक्रम झन आकर्षक देखिएको थियो ।
"वाह अत्यन्तै रसिलो/जोसिलो तिज । देशमा भन्दा बिदेशमा पो रमाइलो हुदो रहेछ" मुम्बईमा पहिलोपटक घुम्न आएका र तिजको कार्यक्रममा सहभागी भएका पाहुनाहरुको यो आवाजमा कला, सस्कृति र सभ्यताको धुर्वरेखा प्रत्यक्ष देखिन्थ्यो ।
आगन्तुक दिदिबहिनी दाजुभाइहरु सबैलाइ प्रवेशद्वारमा रातो अक्षता लगाइ गुलाबको फूलले स्वागत गरिएको यस कार्यक्रममा मनकामना एकता फाउण्डेशनका अध्यक्ष लगाएत उहाँको टिमको आगमनले झनै सुनमा सुगन्ध थपेको थियो । उपस्थित सबैको लागि तिजको दर (खानपान) को राम्रो व्यवस्था गरिएको थियो । यस कार्यक्रममा उपाध्यक्ष श्री डिल्लीराम पौडेलज्यु , कोषाध्यक्ष श्री हरी पान्डेयज्यु लगायत सम्पुर्ण मुक्तिनाथ फाउण्डेशनको साथमा रहनु भएका साथीहरुले उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाईदिन सहयोग गर्ने सहयोगी दाताहरुलाइ धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
अन्त्यमा उपस्थिती सबैलाइ बिशेष धन्यवाद दिदै सम्बोधन गरेर फाउन्डेसनका अध्यक्ष श्री कमल कार्कीले कार्यक्रमको समापन गर्नुभएको थियो ।











