हिन्द महासागरमा प्रवासी सवार डुंगा दुर्घटना हुँदा २५० जना बेपत्ता


हिन्द महासागरमा प्रवासी सवार डुंगा दुर्घटना हुँदा २५० जना बेपत्ता

काठमाडाैं । बंगलादेशबाट मेलिसिया जाँदै गरेको डुंगा हिन्द महासागरको पूर्वी किनारमा पर्ने अण्डमान सागरमा दुर्घटना हुँदा २५० जना वेपत्ता भएका छन् ।

संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार अण्डमान सागरमा डुंगा दुर्घटना हुँदा २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक वेपत्ता भएका हुन् ।

बीबीसीमा प्रकाशित समाचार अनुसार दुर्घटनामा परेको माछा मार्न प्रयोग हुने उक्त डुंगा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो ।

तीव्र गतिको हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी मानिसहरू सवार रहेका कारण डुंगा समुद्रमा डुबेको समाचारमा उल्लेख छ ।