पाल्पाली गायक शोभाखर भट्टराईको लोकदोहोरी गीत 'ढुङ्गेधाराको' सार्बजनिक
चौतारीमा पिपल र वर छ
मलाइ तिमी असाध्यै मन पर्छ ... ढुङ्गेधाराको, लाम माया पिरती बेग्लै पाराको ।
पाल्पा । पाल्पाली लोक गायक शोभाखर भट्टराईको अत्यन्तै मीठो प्रेमिल भाव बोकेको लोकगीत 'ढुङ्गे धाराको' शोभाखर भट्टराईको युट्युब च्यानल मार्फत आज सार्बजनिक भएको छ ।
युवायुवतीको प्रेमलाई आधार मानेर सिर्जना गरिएको यस गीतमा शोभाखर भट्टराई र सुमधुर स्वरकी धनी गायिका सरीता सुनारको आवाज रहेको छ । पछिल्लो समय 'हामी नेपाली, वीर गोर्खाली' भन्ने गीत बजारमा ल्याएर चर्चा बटुलेका गायक भट्टराईले विभिन्न अवार्ड तथा सम्मान पनि प्राप्त गर्न सफल भईसकेका छन् ।
उनले 'दुई आँखामा आसु','बैगुनीले छोडी' जस्ता लोकगीत तथा 'स्याउझै राता गाला' नामको रोईला गीत पनि बजारमा ल्याईसकेका छन् ।
पाल्पा जिल्ला तानसेन नगरपालिका–१३, केरवादीमा जन्मिएका शोभाखर भट्टराई अत्यन्तै मिलनसार, अनुशासित कलाकारका उदाहरणीय पात्र हुन । हाल युएई(दुबै) लाई कर्मथलो बनाउदै आएका भट्टराईको स्थायी बसाइ भने रुपन्देहीको फर्साटिकरमा छ ।
गायक भट्टराई कामको शिलसिलामा देशभन्दा बाहिर रहेपनि संगीतको दुनियाबाट कहिले बाहिर हुन सकेनन् । उनी बेलाबेलामा नेपाल आउँदा आफ्ना सिर्जना निकाल्ने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने गर्दछन् ।
लोकदोहोरी क्षेत्रका हरेक कलाकारहरुसँग राम्रै सम्बन्ध बनाएका भट्टराईले सामाजिक संजालमा समेत आफ्नो कला प्रस्तुत गरेर चर्चा कमाईरहेका छन् ।
एउटा प्रेमको गज्जब कहानीलाई निक्कै सरल र अनुशासित ढङ्गले शब्द समायोजन गरि सिर्जना गरिएको 'ढुङ्गे धाराको' गितमा विनोद ढकालको शब्द र निर्देशन रहेको छ । यमन खनालको एरेन्ज, हेमराज डाँगीको रेकर्डिङ्ग/मिक्सिङ्ग, रोशन धितालको सम्पादन, मरुभुमि नारायणको छायांकन रहेको सो गितलाई महक रेकर्डिङ स्टुडियो काठमाडौमा रेकर्डिङ्ग गरि बजारमा ल्याईएको हो ।
यस गितमा सहयोग गर्ने पुजा भट्टराई, सुशिल भट्टराई, सिखा भट्टराई, तारा पान्डे, कान्ति जोशी, बिजय र्यापर, मनु जि.एन. लाइ हार्दिक धन्यवाद दिँदै सबैले एकपटक यो गित हेरेर प्रतिक्रिया दिन र साथ सपोर्टका लागि गायक शोभाखर भट्टराईले अनुरोध गरेका छन ।











