भाेजपुरका याेगेन्द्र विक मुम्बइमा थलिए, उपचारका लागि सहयोगकाे अपिल ।
मुम्बई। भारत: अचानक भइदिने दुर्घटनाहरु बाजा बजाएर आउदैन । कसलाइ कतिबेला के समस्या पर्छ थाहा हुदैन । जे जस्तो समस्या परेपनी आखिर मान्छेको बाच्ने आशा अभिलाषा मरेको हुदैन।
भोजपुर जिल्लाको साल्पा सिलिछो गाउँपालिका वार्ड नं २ बस्ने वर्ष ३२ को योगेन्द्र बि.क भारत मुम्बईको सन्साइन सोसाइटीमा करिब ५/६ महिनादेखी सेक्युरिटी गार्डको ड्युटी गर्नुहुन्थ्यो । ड्युटीबाट छुटेर साइकलमा रूम जादै गरेको बेला यहि मार्च २ तारिकका दिन साझ ५ बजेतिर टिप्परले हानेर दुईटै खुट्टा भाँचिएको छ । टिपरलाई पुलिसले नियन्त्रणमा लिएपनि गाडी धनि भने अहिलेसम्म सम्पर्कमा छैनन । मुम्बईको विर्ले पार्ला स्थित कुपर अस्पतालमा ७ महिना राखेर उपचार भैरहेको थियो तर पैसाको अभावले गर्दा अस्पतालले पनि निकालिदिएको दुई हप्ता भयो ।
आफूसँग भएको केही पैसा र दाजुभाइ, साथीहरू र इस्टमित्रहरुले सर-सापटी गरेर दिएको र केही सहयोगमा जम्मा पारेको पैसा करिब १ लाख पचास हजार जति सकिएछ । बाँकी थप उपचार गराउन नसक्दा बिरामिको अवस्था दिनप्रतिदिन झन् जटिल बन्दै गएको छ ।
स्व. तुल ब. बि.क र आमा लिलाकुमारीका योगेन्द्र आफ्नो ४ भाइहरु मध्ये माइला हुन् । सबै भाइहरु अलग अलग भएर सबैले आफ्नो आफ्नो दुख गरेर नै जीवन निर्वाह गरिरहेको बताउछन । एउटा गरिब परिवारको यो पिडामा सहयोगको अत्यन्तै खाँचो छ । भोजपुर गाउँमा आफ्नो उपचार गर्नको लागि नत सम्पत्ति नै छ, न त सम्पन्न परिवार । बिरामीको एउटा सानो ५ बर्षको छोरा र श्रीमती साथमै भारतमा छन । बिरामी हुँदाको पीडा त छँदैछ त्यसमाथि कमाएर ल्याउने मान्छे नै दुर्घटनामा परेर यस्तो हालत भएपछी परिवारको झन बिचल्ली भएको छ । सानो बच्चा र बिरामिलाइ छोड्न सक्ने स्तिथि नहुदा समाजलाई गुहार्ने बाहेक अरु केही विकल्प नरहेको योगेन्द्रको श्रीमती सुस्मा बि.क.ले बताउछिन ।
छोराको स्कुल पठाउने उमेर भैसक्यो पारिवारिक समस्याले स्कुलमा भर्ना गर्न नसक्दा बच्चाको भविष्य नै अन्योल छ । परिवार पाल्ने एउटा मीठो सपना बोकेर मुम्बई आएको योगेन्द्र अहिले बिस्तारामा जीवन मरणको दोसाँधमा छट्पटाइरहेका छन् ।
मुम्बईको गोरेगाउ ओशिवरा स्थित झोपडपट्टिमा रहेको भाडाको रुम, साँघुरो गल्ली र बाहिरको हावा आउन नमिल्ने कोठा , गर्मीले कोठा तातिरहेको र त्यही एउटा सानो कोठामा सुत्ने, बस्ने, पकाउने, खाने र आफ्ना सरसामान हुदा बिरामिलाइ झन गाह्रो हुँदै गएको छ । गर्मी र इन्फ्याक्सनले गर्दा खुट्टा पाकेर, कुहिएर किरा परिरहेको छ । परिवारले दिनहु १ मुठी जति किरा निकालेर फाल्ने गरेको बताउछन् । आफै जानि नजानि ड्रेसिङ्ग गरिदिने र ब्यान्डेज बाँधिदिने गरेको बिरामीको श्रीमती र दाजुभाइ बताउछन । यस्तो पीडा कसैलाइ नपरोस् भगवान पनि कति निर्दयी रहेछन भन्दै रुने बाहेक अरु विकल्प नरहेको सुस्मा बताउछिन् । न्यायको लागि प्रक्रिया अगाडि बढेको भएतापनी पहिला उपचार गरेर मान्छे बचाइदिन आग्रह गर्दै यदि यस्तै अझै केही दिन रुममा राख्न परे दुइटै खुट्टा काटेर फाल्न पर्ने दिन नआउला भन्न सकिँदैन ।
गरिबको आवाज सुन्ने कोहि छैन्। सबैले बोलेको आगो मात्र तापेको देखिन्छ । भाइरल व्यक्तिको पछाडी दगुर्ने समाज किन दुखी पिडितको आवाज सुन्न सक्दैन ? हरेक कोणबाट उठेका यी प्रश्नको चित्तबुझ्दो जवाफ आखिर कसले देला । उसको पिडाको चित्कारलाई शब्दमा उतार्न सकिदैन ।
अपिल
आदरणीय समाजसेवी दाजुभाइ दिदिबहिनीहरु कृपया योगेन्द्र बि.क. उपचार खर्च जुटाउ सहयोग अभियानमा तपाइहरुबाट पनि एउटा मानवीय धर्मको नाताले सहयोग गरिदिनु हुन विनम्र आग्रह गर्दछौ । तपाइहरुको सानो सानो सहयोगले बिरामीको उपचार सम्भव छ । कमसेकम उपचार पश्चात् बैसाखीको सहारामा योगेन्द्र हिड्न सक्ने हुनुभयो र उहाको दुइटै खुट्टा काटेर फाल्नु परेन भने अत्यन्तै सजिलो हुने थियो र हाम्रो प्रयास पनि यहि हो ।
नेपालमा सहयोग गर्नको लागि
खाता न.: 2290100000037009
नाम: - तिर्थराज आचार्य
राष्ट्रिय वाणिज्य बैंक
भारतमा सहयोग गर्नको लागि
बिरामीको भाइ: हरि लोहार
जि पे/फाेन पे: +91 7718801074
इण्डियन बैक, ओसिवरा शाखा
खाता न : 5681305676
नामः हरि लाेहार
सम्पर्क बिरामीको दाजु: +91-8433713324 (बिशाल बिक), बिरामिको भाइ: +91-7718801074 (हरि लोहार) नोट: सहयोग गर्नुभएको भौचर/स्क्रिनसट पठाइदिनु होला।
यदि माथी दिएको नम्बरमा केही समस्या आएमा हाम्रा भारत ब्युरो प्रमुखलाइ प्रत्यक्ष सम्पर्क गरेर पनि सहयोग गर्न सक्नु हुनेछ।
शिब बस्याल, मुम्बइ, भारत
मोबाइल: +91-9890019203











