शिक्षाका प्रतिमूर्ति दिपक सर : अब सम्झनामा मात्र


शिक्षाका प्रतिमूर्ति दिपक सर : अब सम्झनामा मात्र

रुपन्देही । देवदह नगरपालिका वडा नं. ९, भलुहीको जनप्रिय माध्यमिक विद्यालयका शिक्षक दिपक प्रसाद पराजुलीको हिजो राती उपचारका क्रममा निधन भएको छ । 

जनप्रिय माध्यमिक विद्यालयमा विगत १४ वर्षदेखी अध्यापन गराईरहनु भएका दिपक पराजुली सर सबैका प्रिय पात्र हुनुहुन्थ्यो । विद्यार्थीहरुका लागि अब्बल र आदर्श गुरु, सहकर्मीहरुका असल र मिलनसार साथीको भाव राख्ने दिपक सर समाजका लागि पनि एक आशा र भरोसाको छबि भएकाे व्यक्तित्व हुनुहुन्थ्याे ।

बिगत ५ महिनादेखी असाध्य रोगका कारण काठमाण्डौको के.एम.सि. हस्पिटलमा उपचार गराईरहनु भएका दिपक सर अब हामीमाझ रहनु भएन । उहाँलाई बचाउन आफ्नो परिवारले कुनै कमि राखेन । साथै उहाँको उपचारका निम्ति विद्यालय परिवार, सिंगो गाउँ, विद्यालयमा अध्ययरत विद्यार्थी भाईबहिनी तथा भुतपूर्व विद्यार्थीहरुले पनि आफुसक्दो सहयोग जुटाई उहाँमाथि अगाध प्रेम, स्नेह र शिघ्र स्वास्थ्यलाभको कामना अर्पण गरेका थिए । 

भौतिक रुपमा उहाँ हामीमाझ नरहे पनि उहाँले देखाएको मार्गदर्शन जिवन्त रहिरहने छ । उहाँको अभाव सदैव रहिरहने छ । 
पिडादायक यो भयानक घटनाले विछिप्त परिवारमा भगवानले धैर्यधारण गर्न सक्ने शक्ति प्रदान गरुन् ।

सबैका प्रिय व्यक्तित्व यति छिटै भगवानको पनि प्यारो बन्नु भयो । 

अलबिदा दिपक सर । 

- दिया तिवारीकाे लेखबाट