चेन्नईको नेहरु पार्कमा उत्तर नगर समिती गठन
भारत । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) निकट प्रवासी नेपाली सम्पर्क मञ्च, भारत–तमिलनाडु राज्य समिति अन्तर्गत चेन्नई उत्तर नगर समिति गठन भएको छ ।
शनिबार मार्च १ तारिख (फागुन १७) मा चेन्नई स्थित नेहरू पार्कमा उत्तर नगर समिति गठन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो । प्रवासी नेपाल सम्पर्क मञ्च, भारत-तामिलनाडुका वरिष्ठ व्यक्तित्व मानबहादुर साउदको नेतृत्वमा नयाँ नगर समिति गठन गरिएको जनाईएको छ ।
कार्यक्रममा वरिष्ठ सल्लाहकार टेकबहादुर खड्का तथा राज्य समितिका प्रवक्ता लक्ष्मण बी.सी. लगायत अन्य नगर समितिका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागी वक्ताहरूले संगठनलाई अझ सुदृढ बनाउँदै प्रवासी नेपालीहरूको हकहित र अधिकारका लागि सक्रिय रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
नवगठित नगर समितिमा अध्यक्ष भीम वि.सी., उपाध्यक्ष कर्ण खड्का, सचिव दिपेश कडारी, सह-सचिव विनोद विक, कोषाध्यक्ष दीपक भुल, सह-कोषाध्यक्ष विरेन्द्र खड्का, सल्लाकारमा प्रेम खड्का, दल बहादुर कडारी, रमेश साउंद, सदस्यहरू सुरेद्र वि.क., लोकेन्द्र खड्का, लक्ष्मण वि.सी., हरी भुल, नरेन्द्र खड़का, दल बहादुर खड्का, बाज वि.क., तुले बाघ चयन हुनुभएको छ।
नवगठित समितिले चेन्नईमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य तथा संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
सोही कार्यक्रममा नेपालमा हुन गईरहेको प्रतिनिधी सभा निर्वाचनको बारेमा पनि विशेष चर्चा गरिएको थियो । प्रत्यक्ष तथा समानुपातिक तर्फका सम्पूर्ण उम्मेदवारलाई जितको लागि शुभकामना प्रदान गरेका थिए ।
कार्यक्रममा उपस्थित सबैले रास्वपाले अघि सारेका भावी प्रधानमन्त्रीका दाबेदार बालेन शाहको तस्बिर अंकित अबकी बार बालेन सरकार लेखिएको होली स्पेशल टिसर्ट लगाएर समर्थन जनाएका थिए ।
कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।











