बुटवलमा खुल्याे, नयाँ स्वाद र बेग्लै आनन्दको अनुभवसहितकाे अल्फा क्याफे ।


बुटवलमा खुल्याे, नयाँ स्वाद र बेग्लै आनन्दको अनुभवसहितकाे अल्फा क्याफे ।

बुटवल । बुटवल–१०, कालिकानगर, हाेराइजनचाेकमा अल्फा क्याफे संचालनमा आएको छ ।

लायन्स ईन्टरनेशनल ३२५ पि नेपाल, एरिया ४ वर्ष २०२४/२५ का चिफ कोर्डिनेटर तथा बुटवल यातायात व्यवसायी प्रा.लि.का महासचिव दिपक प्रसाद श्रेष्ठ सहितका युवाहरुले १ करोड बढी लगानी गरि क्याफे संचालन गरेका हुन् ।

यहि बैशाख १८ गते बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेद्धारा उद्घाटन गरि क्याफे संचालनमा आएको हो । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले रात्रीकालिन बजारको प्रर्वद्धनका लागी नगरबाट गरिने कामहरु भईरहेकोले निर्धक्कसँग व्यवसाय संचालन गरि सफलता प्राप्तिको शुभकामना व्यक्त गर्नुभयो ।


यसैगरि बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले ब्यवसायको सफलताको शुभकामना ब्यक्त गर्दै अन्य शाखाहरु समेत सिघ्र खोलेर अझै धेरैलाई रोजगारी दिन आग्रह गर्नुभयाे । उहाँले बुटवल उपमहानगरपालिकाले रात्रीकालिन बजार क्षेत्र तोकेको स्थानमा पर्ने भएकोले सफल भईने भन्दै सेवा र गुणस्तरमा ध्यान दिन सुझाब दिनुभयो ।

 

 
खानाका पारखीहरुलाई बिल्कुलै नयाँ स्वाद र अनुभुति प्रदान गर्ने र युवाहरुलाई स्वदेशमै रोेजगारी सिर्जना गर्ने गरि क्याफे संचालन गरिएको संचालक श्रेष्ठले बताएका छन् ।


१८ गतेदेखी २२ गतेसम्म शुभारम्भको समय राखिएकोले सबैजनालाई निमन्त्रणा सहित क्याफेमा आई बेग्लै स्वादको मज्जा लिन संचालकहरुले आग्रह गरेका छन् ।