पुजा महताेकाे कप्तानीमा नेपाली महिला क्रिकेट टाेलीले एसियाकप खेल्ने ।


पुजा महताेकाे कप्तानीमा नेपाली महिला क्रिकेट टाेलीले एसियाकप खेल्ने ।

नेपाल क्रिकेट संघ (क्यान)ले पूजा महताेको कप्तानीमा एसिया कप खेल्ने टोली घोषणा गरेको छ । कप्तान इन्दु बर्मा घाइते भएका कारण उपकप्तान पूजालाई कप्तानको जिम्मेवारी दिइएको हो ।

थाइल्यान्डमा हुने प्रतियोगितामा नेपालले फेब्रुअरी १३ मा पाकिस्तान ‘ए’, फेब्रुअरी १५ मा युएई र फेब्रुअरी १७ मा भारत ‘ए’सँग खेल्नेछ ।

प्रतियोगिताका लागि पूजाको कप्तानीमा नेपालको १५ सदस्यीय टोली पनि घोषणा भएको छ ।