जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालनमा, विश्वस्तरीय डिजाइन अब नजिकै


जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालनमा, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटी, काठमाडौं। कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको जोरपाटीमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै राजधानीमा आफ्नो रिटेल नेटवर्कलाई थप सुदृढ बनाएको छ । शिव शक्ति बिजनेस हाउससँगको साझेदारीमा सञ्चालित यस नयाँ शोरुमले स्थानीय घरधनी, निर्माणकर्ता र डिजाइनरहरूलाई लक्षित गर्दै ब्रान्डका प्रिमियम फ्लोर र वाल टायल्सको बृहत श्रृंखलामा प्रत्यक्ष पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ ।
शोरुमको औपचारिक उद्घाटन हिजो, असार ८ गते सोमबार बिहान १०ः३० बजे रिबन काटेर सम्पन्न भयो । उक्त भव्य उद्घाटन समारोहमा मुख्य अतिथि नेपालका पूर्व प्रधानन्यायाधीश सम्माननीय प्रकाशमान सिंह राउत, कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक श्री हिमांशु अग्रवाल र ब्रान्ड एम्बेसेडर सुश्री दिव्या रायमाझी लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो, जसले कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधि र शिव शक्ति बिजनेस हाउसका नेतृत्वसँग मिलेर औपचारिक रूपमा शोरुमलाई समुदायका लागि खुला गर्नुभयो ।


आधुनिक र आकर्षक शैलीमा व्यवस्थित गरिएको यस शोरुमले ग्राहकलाई टायल खरिदको एक उत्कृष्ट अनुभव प्रदान गर्नेछ । यसले ग्राहकहरूलाई विभिन्न टायल्सको प्याटर्न, फिनिसिङ र साइजहरूलाई प्रत्यक्ष रूपमा छामेर, महसुस गरेर र हेरेर आफ्नो व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि उपयुक्त छनोट गर्न सहज बनाउनेछ ।
“शिव शक्ति बिजनेस हाउससँगको यो सहकार्य जोरपाटी, नारायणटार र यस आसपासका द्रुत रूपमा विकास भइरहेका क्षेत्रका ग्राहकहरूलाई सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो । हाम्रो विश्वस्तरीय कलेक्सनलाई स्थानीय बासिन्दाहरूको नजिकै पुर्‍याएर हामी उहाँहरूको घर निर्माण प्रक्रियालाई सहज बनाउन र आफ्ना कोठा तथा घरहरूलाई थप आकर्षक बनाउनका लागि उत्कृष्ट एवं आधुनिक डिजाइनका सर्फेसिङ सामग्रीहरू उपलब्ध गराउन चाहन्छौं,” उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका एक प्रतिनिधिले भन्नुभयो ।
नारायणटार, जोरपाटीस्थित दक्षिणढोकामा सहज पहुँच हुने गरी स्थापना गरिएको यो शोरुम अहिले पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ जहाँ आधुनिक टायल डिजाइन र उच्च गुणस्तरीय निर्माण सामग्रीहरू बुझ्न तथा खरिद गर्न चाहने जोकोहीलाई पनि हार्दिक स्वागत गर्दछ ।
कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्ड अनुरूप देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालको टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । कम्पनीको बजार नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय उपलब्धिहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्राण्ड  २०२५ को उपाधि, ’एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादकमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् । गुणस्तर र दिगोपनाप्रतिको यसको प्रतिबद्धता ISO 9001:2015 र ISO 14001:2015 प्रमाणीकरण, इन्डियन ग्रीन बिल्डिङ काउन्सिल (IGBC) को सदस्यता र प्रतिष्ठित NS Quality Award-2026 मार्फत स्पष्ट हुन्छ, जसले यसलाई एक विश्वसनीय उद्योग नेतृत्वकर्ताको रूपमा स्थापित गरेको छ ।
३,००० भन्दा बढी आधुनिक डिजाइन विकल्पहरूसहित यस ब्रान्डले दीर्घकालीन टिकाउपन र उत्कृष्ट कार्यसम्पादनयुक्त उत्पादनहरू मार्फत आन्तरिक स्थानहरूलाई निरन्तर रूपान्तरण गर्दै आएको छ । हाल कजारियाको नेपालभर १०० + शोरुमहरूको सशक्त देशव्यापी उपस्थिति रहेको छ । यसको विविध उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टायल्स (६०X१२० से.मी., ६०X६० से.मी., ४०X४० से.मी. (८ मि.मी.), र १९.५X१२० से.मी.), सेरामिक वाल टायल्स (३०X६० से.मी. र ३०X४५ से.मी. एचडी पोलिस्ड), र हेभी ड्युटी भिट्रिफाइड टायल्स (४०X४० से.मी., १२ मि.मी.) समावेश छन् जुन उनीहरूको असाधारण मजबुती तथा पानी र दाग प्रतिरोधी क्षमताका लागि अत्यधिक प्रसिद्ध छन् ।