रासपा सभापति रवि लामिछानेको नयाँ दिल्लीमा प्रवासी नेपालीसँग अन्तरक्रिया कार्यक्रम हुने


रासपा सभापति रवि लामिछानेको नयाँ दिल्लीमा प्रवासी नेपालीसँग अन्तरक्रिया कार्यक्रम हुने

नयाँ दिल्ली, भारत। राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछानेको विशेष भारत भ्रमणको अवसरमा आगामी जुन ४ तारिखमा नयाँ दिल्लीमा प्रवासी नेपालीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।

प्रवासी नेपाली सम्पर्क मंच भारतको आयोजनामा हुने उक्त कार्यक्रममा भारतका विभिन्न राज्यमा बसोबास गरिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा सभापति लामिछानेसँग प्रत्यक्ष भेटघाट, विचार आदानप्रदान तथा समसामयिक राष्ट्रिय विषयहरूमा खुला संवाद गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रमले भारतस्थित नेपाली समुदायबीच एकता, सहकार्य तथा आपसी सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भव्य तथा सफल बनाउन सम्पूर्ण प्रवासी नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरिएको छ।

लाजपत भवन अडिटोरियम, मूलचन्द फ्लाइओभर नजिक, लाजपत नगर, दक्षिण दिल्ली -110024 मा हुने उक्त कार्यक्रममा मूलचन्द मेट्रो स्टेशन (भायोलेट लाइन)  बाट जान सकिने आयोजकले जनाएको छ।

कार्यक्रमकाे बारेमा जानकारी लिन वा सहयाेगका लागि 9007500642, 9971036593, 9650055558, 8527687834 का सम्पर्क नम्बरहरु सार्वजनिक गरिएकाे छ ।