लायन्स क्लब अफ बुटवल तिनाउद्धारा Hunger Relief कार्यक्रम सम्पन्न


लायन्स क्लब अफ बुटवल तिनाउद्धारा Hunger Relief कार्यक्रम सम्पन्न

लायन्स क्बल अफ बुटवल तिनाउद्धारा नेपाल अपाङ्ग आश्रम, बुटवल–११, प्रगतिनगरमा Hunger Relief कार्यक्रम आज सम्पन्न भएको छ । क्लबका सदस्य लायन केशव ज्ञवाली ज्यूको संयोजकत्वमा सुपुत्री अन्जु ज्ञवालीको शुभ जन्मोत्सवको अवसर उक्त कार्यक्रम गरिएको थियो । 

सोही कार्यक्रमका प्रमुख अतिथि Area Chief Co-ordinator  लायन दिपक प्रसाद श्रेष्ठ ज्यूले विभिन्न अवसरमा बाहिर फजुल खर्च गर्नुभन्दा यस्तो मानवीय सेवा गर्नु सबैका लागि उदाहरणिय हो । यस किसिमका कार्यक्रम आयोजना गर्दा आफ्ना बालबालिकालाई पनि समाज सेवामा लाग्न उत्प्रेरणा हुने भएकोले यस्ता कार्यक्रमहरु गर्दै जान सबैलाई आग्रह सहित जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको थियो । 


साथै विशिष्ट अतिथि Region Chairperson  तथा Club Charter President लायन चिरञ्जिवी अधिकारी तथा अतिथि Zone Chaiperson  लायन ओम थापा MJF ले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।


कल्बका उपाध्यक्ष लायन अनन्त न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन यसै क्लबका उपाध्यक्ष लायन नारायण बस्यालले गर्नुभएको थियो ।