लुम्बिनी प्रादेशिक अस्पतालभित्र नयाँ रक्त सञ्चार केन्द्रकाे स्थापना


लुम्बिनी प्रादेशिक अस्पतालभित्र नयाँ रक्त सञ्चार केन्द्रकाे स्थापना

रूपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालभित्र नयाँ रक्त सञ्चार केन्द्रको शुरूवात भएको छ । शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा निर्मित रक्त सञ्चार केन्द्रको उद्घाटन गरेका हुन् ।

सरकारी अस्पतालमा आफ्नो रक्तसञ्चार केन्द्र भएको पहिलो अस्पताल हो । मुख्यमन्त्री आचार्यले बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान गरे ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको बताउँदै निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिने बताए ।

जर्मनीमा बनेका नया तथा आधुनिक प्रविधियुक्त उपकरण जडान भएर स्थापना भएको यो रक्त सञ्चार केन्द्रमा एकै पटकमा एक हजार युनिट रगत संकलन गरी भण्डारण गर्न सक्ने क्षमता रहेको छ।

याे रक्त संञ्चार केन्द्रका लागी रुपन्देही व्यापार संघले आर्थिक लगानी गरेकाे हाे ।