पाणिनि पत्रकार समाज नेपालद्वारा क्रमशः इतिहास स्थापित गर्ने क्रम जारी, प्रथम रक्तदान शिविर सम्पन्न ।
पाणिनि, अर्घाखाँची । पाणिनी पत्रकार समाज नेपालको आयोजनामा पाणिनी गाउपालिकाको केन्द्र दुर्गाफाँटमा एक दिवसीय बृहत् रक्तदान शिविर सम्पन्न भएको छ । पाणिनी गाउँपालिकाको सहयोग, रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहकार्य तथा नियमित रक्तदाता समाज रुपन्देहीको सहकार्यमा शुक्रबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो । पाणिनि पत्रकार समाज नेपालद्वारा आयोजित उक्त रक्तदान शिविरमा ५५ युनिट रगत संकलन गरिएको संस्थाका अध्यक्ष भिम विश्वकर्माले कार्यक्रम समापनको चरणमा बताउनु भएको छ ।
पाणिनि गाँउपालिकाको बहुउद्देश्यीय सभा हलमा आयोजित एक दिने रक्तदान शिविर कार्यक्रममा पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा पौडेल, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, पाणिनि गाँउपालिका संस्थापक अध्यक्ष अच्युत गौतम, पाणिनि गाँउपालिका वडा नं १, २, ३, ४, ५, र ७ का अध्यक्षहरु क्रमश: कमल प्रसाद पोखरेल, चन्द्रकान्ता पौडेल, युवराज ज्ञावली, हरी प्रसाद घिमिरे, इन्द्रामणि घिमिरे र गुनाखर अधिकारी सहित कार्यपालिका सदस्य तारा पौडेल, वडा नं ५ सदस्य पार्वता सुनार, गाउँपालिकाका अन्तर्गतका कर्मचारी, विभिन्न विद्यालयका शिक्षक, स्वास्थ्य चौकी अड्गुरीका प्रमुख, विभिन्न मिडियामा कार्यरत पत्रकार, लगायत स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
पाणिनि पत्रकार समाज नेपाल द्वारा आयोजित कार्यक्रममा रक्तदान दिने दाताहरुद्वारा शिविरको प्रशंसा गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरेका छन । यस स्थानमा आजसम्म पत्रकारले समाचार मात्र बनाउने कार्य गर्दै आएको भएपनि यस पटक रक्तदान शिविर नै आयोजना गरेकोमा कार्यपालिका सदस्य तारा पौडेलले खुलेर प्रशंसा गर्नुभएको छ ।
एक दिवसीय रक्तदान शिविर कार्यक्रमका सहभागीहरूले पनि रक्तदानलाई आफ्नो सामाजिक जिम्मेवारीको रुपमा लिएको बताउदै खुसी व्यक्त गरेका छन । शिविरमा सहभागिता जनाउदै पाणिनि गाँउपालिका शिक्षा अधिकृत तेज खनालले पत्रकार समाज नेपालद्वारा अनुकरणीय उदाहरण प्रस्तुत गरेको बताउनु भएको छ भने नेपाल रेडक्रस सोसाइटी मैदान उपशाखाबाट सहभागी हरी प्रसाद घिमिरेले पाणिनि पत्रकार समाज नेपालद्वारा आयोजित कार्यक्रम सफल भएको बताउदै महिला सहभागिता बनाउने गरी आगामी शिविर आवश्यक रहेको बताउनु भएको छ ।
पाणिनि गाँउपालिका संस्थापक अध्यक्ष अच्युत गौतम, २ नं वडा अध्यक्ष चन्द्रकान्त पौडेल, ७ नं वडा अध्यक्ष गुनाखर अधिकारी, विभिन्न विद्यालयका शिक्षकहरु सहित सहभागी कार्यक्रमको खुलेर प्रसंशा गर्दै आफुहरुले सदैव सहयोग गर्दै जाने बताउनु भएको छ । पाणिनि गाउँपालिकाको सामाजिक स्वास्थ्य सेवामा विगतका दिनमा पनि योगदान पुर्याएको र आगामी दिनमा पनि अझ महत्वपूर्ण विषयमा कार्यक्रम संचालन गर्ने गरी वार्षिक निति तथा कार्यक्रम रहेको सस्थाका महासचिव शिव बेल्वासेले बताउनु भएको छ ।
तस्वीर : चन्द्रमणी भट्टराई, पाणिनि, पिएसएम नेपाल डटकम् ।











