रिब्दीकोटमा पूर्ण संस्थागत प्रसुति सेवायुक्त एवं पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा


रिब्दीकोटमा पूर्ण संस्थागत प्रसुति सेवायुक्त एवं पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा

पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप दिगोपन सुनिश्चितता पालिका घोषणा भएको छ।

 बुधबार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगर, जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष टंकनाथ खनाल, सदस्य सचिव तथा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनाल, स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीलाई प्रमाणपत्र प्रदान गरी पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका भएको घोषणासहित प्रमाणपत्र प्रदान गरिएको हो ।

यो सँगै पाल्पाका पाँच वटा गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गरिएको छ । यसअघि पहिलो पटक पूर्वखोला गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा भएको थियो । यस्तै रम्भा, बगनासकाली र माथागढी गाउँपालिका पनि पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा भएका थिए ।