महानायकका रूपमा राजेशको प्रशंसा गर्दै दीपकराजले दिए 'नरसिंहा'का लागि शुभकामना

काठमाडाैं । चलचित्र निर्माता तथा अभिनेता दीपकराज गिरीले महानायकका रूपमा राजेश हमालको प्रशंसा गरेका छन्। आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउँदै गरेको राजेश अभिनीत चलचित्र 'नरसिंहा'लाई शुभकामना दिँदै गिरीले हमालको प्रशंसा गरेका हुन्।
दीपकराजले लेखेका छन्, 'पछिल्ला दिनमा हाम्रो भेट हुँदा पनि त्यही आदरभावले नै भेटेको छु। किनकि, आफू जहाँ पुगे पनि संस्कारचाहिँ भूल्नुहुन्न भन्ने कुरा मैले राम्ररी बुझेको छु।'
उनी अगाडि लेख्छन्, 'राजेश हमालज्यूसँग पर्दामा सँगै देखिने अवसर जुट्यो। त्यसपछि पहिलो फिल्म निर्माण गर्ने मौका पाएँ- छ एकान छ। त्यसमा पनि राजेश हमालज्यूले अभिनय गरिदिएर हामीलाई गुण नै लगाउनु भएको थियो। हाम्रा चलचित्रहरूले सफलता प्राप्त गरिरहँदा हलमा आएर बधाई पनि दिनुभएको थियो।'
राजेश लगभग ८ वर्षपछि रजतपटमा फर्किएका हुन्। पछिल्लो समय उनी साना पर्दाहरूमा देखिरहँदा पनि चलचित्र नै भने खेलेका थिएनन्। यही प्रसङ्ग जोड्दै दीपकराजले लेखेका छन्, 'आदरणीय महानायक राजेश हमाल दाइलाई चलचित्र नरसिंहा अवतारको धेरै धेरै शुभकामना।'