गायिका सुनितामी परियारकाे तीजगीत "सिउँदोमा सिन्दुर" सार्वजनिक 


गायिका सुनितामी परियारकाे तीजगीत "सिउँदोमा सिन्दुर" सार्वजनिक 

मुम्बई, भारत। नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै तयार पारिएको नयाँ तीजगित "सिउँदोमा सिन्दुर" गायिका सुनितामी परियारको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। याे गितमा तीज पर्वको मौलिकता, नेपाली महिलाहरूको आत्माभिव्यक्ति र पारिवारिक भावनात्मक सम्बन्धलाई उजागर गर्न खोजिएको छ। पछिल्ला वर्षहरूमा केही तीज गीतमा बढ्दो अश्लीलता देखिने गरेकाे पाइए पनि महिला दिदिबहिनीहरुको भावनात्मक कथालाइ मध्यनजर गर्दै यो गीत बनाइएको पाइन्छ ।

मुम्बईमा बसोबास गर्दै आएका नेपाली दिदीबहिनीहरूको समन्वय, सहयोग र समर्पणमा तयार पारिएकाे यो गीतले परदेशी चेलीहरूको भावना, तीजको उल्लास र हर्षको बीचमा लुकेको पीडा, सम्झना र प्रेमपूर्ण समर्पणलाई अत्यन्तै भावनात्मक ढंगले उजागर गरेको छ ।

उक्त गीतको छायांकन मुम्बईको मिरारोड र मिरारोड स्थित रहेको मनकामना माताको मन्दिर परिसरमा गरिएको छ । गीतको निर्देशन सुप्रसिद्ध निर्देशक कर्ण चापागाईंले गरेका हुन भने सहनिर्देशनमा लक्ष्मण खत्रीले साथ दिएका छन् । चर्चित नृत्य निर्देशक हरिश विश्वकर्माको कोरियोग्राफी रहेकाे उक्त गीतको छायांकन वेदप्रसाद पाण्डेले गरेका थिए।

लाजको पर्दा, सुनी मायालाइ, ढुङ्गा जस्तो मन जस्ता दर्जनौं गीतहरु निकालेर नेपाली गीत संगीतमा चर्चामा रहेकी लोकप्रिय गायिका सुनीतामी परियारको सुमधुर स्वरमा बनेको यो गितकाे स्वरमा संगीता परियारले पनि साथ दिएकी छन । गीतकार बिमल कौशलको शब्दमा बनेको यो गीतलाइ चर्चित कलाकार र मोडेल नितु कोइरालाको अभिनय र नृत्यमा प्रवासी नेपाली महिलाहरुले पनि साथ दिएका छन्। डायनामिक स्टुडियोमा रेकर्डिङ गरिएको साे गितकाे छायांकन भारतको मुम्बईमा गरिएको थियो ।

उक्त गितलाइ सफल पार्नको लागी मुम्बई र थानामा बसोबास गर्ने प्रवासी महिला दिदिबहिनीहरुका साथै लक्ष्मण खत्री, टेक प्रसाद पराजुली, गोपाल शर्मा न्यौपाने, भिम थापा, बिजय बहादुर थापा, धीर रावल, सन्तोष भट्टराई, हुमनाथ पान्डे, राजकुमार बराल, हरि शर्मा गैरे, राजेन्द्र थलारी, केशव काफ्ले, नवनाथ शिन्दे, मीना श्रेष्ठ र नवराज श्रेष्ठले पनि साथ दिएका छन् । साथै मुम्बईमा रहेका सस्थाहरु मनकामना एकता फाउन्डेसन, लुम्बिनी माइक्रोकेयर फाउन्डेसन र सगरमाथा फाउन्डेसनको पनि विशेष सहयाेग रहेको छ ।

गित हेर्न यहाँ क्लिक गर्नुहाेस् ।