निर्वाचन आयोगले ७६ जना समानुपातिक उम्मेदवारको नाम बन्दसुचीबाट हटायो
काठमाडौं । फागुन २१ मा सम्पन्न हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनको समानुपातिक बन्द सुचिबाट ७६ जना उम्मेदवारको नाम हटाउने निर्णय गरेको छ ।
सोमबार आयोगबाट जारी गरिएको प्रेस विज्ञप्तीमा राजनितिक दलहरुबाट पेस भएका उम्मेदवारहरुको बन्दसुचिमा पर्न आएको उजुरी, प्रचलित कानुनअनुसार अयोग्य भएका तथा राजनितिक दलबाट प्राप्त जानकारी समेतका आधारमा उम्मेदवारहरुको नाम हटाईएको जनाएको छ ।
जारी विज्ञप्तिका अनुसार कर्जा सूचना केन्द्रको सुचिमा रहेका २१ जना, प्रदेश सभा सदस्यमा कायम रहेका २५ जना, निर्वाचन आयोगको जरिवाना भुक्तानी नगरेका १० जना, न्यूनतम २५ वर्ष पुरा नभएका ४ जना, मतदाता नामावलीमा समावेश नभएका १ जना, मतदाता नामावलीमा पिछडीएको क्षेत्रमा नरहेका २ जना, महिला हुनुपर्नेमा पुरुष भनि पेस भएका १ जना, राजनितिक दलबाट आएको सुचनाका आधारमा १० जना र अन्य कारण भएका २ जनाको नाम बन्दसुचिबाट हटाउने भएको छ ।
निर्वाचन आयोगमा समानुपातिकतर्फको ११० सिटका लागी ६३ राजनितिक दलबाट ३ हजार २१३ जना उम्मेदवारको नाम पेस भएको थियो ।











