पाणिनि गाँउपालिकाद्वारा एक दिवसीय अपाङ्गता परिचयपत्र दर्ता शिविर सम्पन्न


पाणिनि गाँउपालिकाद्वारा एक दिवसीय अपाङ्गता परिचयपत्र दर्ता शिविर सम्पन्न

अर्घाखाँची । पाणिनी गाउँपालिकाले आयोजना गरेको एक दिवसिय अपाङ्गता परिचयपत्र दर्ता शिविर मंगलबार सम्पन्न भएको छ । पाणिनी गाउँपालिकाको केन्द्र दुर्गाफाँट स्थित पालिका भवनको परिसरमा शिविर सम्पन्न भएको हो । 


पालिकाको अपाङ्गता परिचय पत्र वितरण कार्यविधि २०७६ बमोजिम पाणिनी गाउँपालिकाको ८ वटै वडामा रहेका अपाङ्ग व्यक्तिहरुको मौलिक हक र मानवअधिकार सुनिश्चित गर्ने उद्धेश्यका साथ अपाङ्गता दर्ता शिविर संचालन गरिएको सहायक महिला विकास निरिक्षक निर्मला चालिसेले बताउनुभएको छ । 


सो शिविरमा सहभागी ४० जना नागरिकहरु मध्ये आवश्यक चेकजाँच, पेश गरेको कागजात र अपाङ्गताको प्रकृतिका आधारमा ३९ जना नागरिकलाई परिचय पत्र वितरण गरिएको पाणिनी गाँउपालिका उपाध्यक्ष नर्मदा पौडेलले बताउनु भएको छ । 
शिविरमा क वर्गका अपाङ्गता भएका १० जना (७ जना पुरुष र ३ जना महिला), ख वर्गका २५ जना (१७ जना पुरुष र ८ जना महिला), ग वर्गका ३ जना पुरुष र घ वर्गको १ जना महिलाले कार्ड प्राप्त गरेका छन् ।


सो शिविरमा पाणिनि गाँउपालिका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा गौतम, २ नं वडा अध्यक्ष चन्द्रकान्त पौडेल, ३ नं वडा अध्यक्ष युवराज ज्ञवाली, ६ नं वडा अध्यक्ष कृष्ण प्रसाद पौडेल, ७ नं वडा अध्यक्ष गुनाखर अधिकारी, ८ नं वडा अध्यक्ष रोम बहादुर पाण्डे, कार्यपालिका सदस्य तारा पौडेल, लक्ष्मी सुनाखरी, राधिका घिमिरे, वडा सदस्य धनसिंह सुर्यवंशी, पम्फा वि.क., पाणिनी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत सुर्वण खनाल, कर्मचारी प्रकाश भट्टराई, लक्ष्मीकान्त घिमिरे, शिव बेल्वासे, स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे, डाक्टर गोपाल मुखिया लगायतको उपस्थिति रहेको थियो ।