पलेशाले रचिन इतिहास, प्यारालिम्पिक्समा नेपाललाई पहिलो पदक


तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले पेरिस पारालिम्पिक्समा कांस्य पदक जित्दै इतिहास रचेकी छन्।

यसअघि सन् २०२४ मा उनी एशिया छनोटमा स्वर्ण पदक जित्दै पेरिस प्यारालिम्पिक्समा छनोट भएकी थिइन्।

महिलातर्फको ५७ केजी तौल समूहको कांस्य पदक जित्ने क्रममा उनले सर्वियाकी खेलाडी मारिजा मिसेवलाई पराजित गरेकी थिइन्।

ओलिम्पिक्समा खेलेको ५७ वर्ष लामो इतिहास होस् वा १० वर्षअगाडि देखि खेल्न थालेको पारा-ओलिम्पिक्समा नेपालले पदक जित्नसकेको थिएन