जन्मदिनको अवसरमा खाद्यान्न सहयोग ।
बुटवल । लायन्स क्लब अफ बुटवल तिनाउको आयोजनामा खाद्यान्न सहयोग प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
क्लबका सह–सचिव लायन सुमन घिमिरेको संयोजकत्वमा उहाँकी धर्मपत्नी शान्ता घिमिरेको जन्मदिनको अवसर पारेर बुटवल उपमहानगरपालिका वडा नं.२ मा रहेको श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैंजु वृद्ध आश्रममा दाल, चामल, नुन तेल लगायतका खाद्यान्न सहयोग गरिएको हो ।
यसै कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक गर्भनर MJF लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग ज्यूले शुभकामना मन्तव्य दिँदै जन्मदिनको अवसरमा सामाजिक सेवा गर्नु साँच्चिकै उदाहरणिय कार्य रहेको बताउनुभयो ।
जन्मदिनको अवसरमा विभिन्न पार्टी भोज आयोजना गरि फजुल खर्च गर्नुभन्दा आफुभन्दा कम भाग्यमानीहरुलाई सहयोग गर्दै जान संयोजक घिमिरेले सबैलाई आग्रह पनि गर्नुभएको छ ।











