डिजिटल रूपान्तरणलाई अगाडि बढाउन नेपाल सरकार र एडिबीबीच ऋण सम्झौतामा हस्ताक्षर
काठमाडाै । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा नेपाल डिजिटल रूपान्तरण परियोजना कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा साेमबार हस्ताक्षर भएको छ।
सो ऋण सम्झौतामा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र नेपालका लागि एडिबीका देशीय निर्देशक श्री आर्नो कास्वाहले हस्ताक्षर गर्नुभयो ।
यस परियोजनाले सरकारको डिजिटल प्रणालीको सुरक्षा र लचिलोपन अभिवृद्धि हुने अपेक्षा गरिएको छ। साथै,आधुनिक र सेवाग्राहीमैत्री सेवा प्रवाहका लागि आवश्यक डिजिटल सार्वजनिक पूर्वाधारको विकास गरिने बताइएकाे छ ।
यस परियोजनाका लागि एडिबीले सह-वित्तीय लगानीकर्ताको रुपमा ४० मिलियन अमेरिकी डलर र प्रमुख ऋणदाताको रूपमा विश्व बैंकले ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछन् । विश्व बैंकसँग यस अघि नै ऋण सम्झौतामा हस्ताक्षर भैसकेको छ।











