कजारिया रमेश टायल्सको नयाँ शोरुम दलदलेमा सञ्चालन


कजारिया रमेश टायल्सको नयाँ शोरुम दलदलेमा सञ्चालन

दलदले, नवलपुर । कजारिया रमेश टायल्स लिमिटेडले गण्डकी प्रदेशमा आफ्नो बजार विस्तारलाई थप सुदृढ बनाउँदै नवलपुरको दलदलेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कद्वारा व्यवस्थापन गरिएको उक्त शोरुममार्फत कजारियाका वाल तथा फ्लोर टायलहरू स्थानीय उपभोक्तामाझ सहज रूपमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

शोरुमको औपचारिक उद्घाटन जेठ १२ गते दिउँसो १२ः१५ बजे गरिएको थियो। उद्घाटन कार्यक्रममा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल, मिस नेपाल वर्ल्ड-२०२४ आस्मा कुमारी के.सी., कम्पनीका वरिष्ठ प्रतिनिधिहरू तथा राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कको व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो।

आधुनिक शैलीमा तयार पारिएको शोरुममा ग्राहकहरूले कजारियाका विभिन्न डिजाइन, बुट्टा र फिनिसिङ भएका वाल तथा फ्लोर टायलहरू प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन्। कम्पनीका अनुसार ग्राहकहरूले आफ्ना घर, भवन तथा विभिन्न परियोजनाका लागि उपयुक्त टायल डिजाइन सहज रूपमा छनोट गर्न सक्ने व्यवस्था गरिएको छ।

उद्घाटन अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कसँगको साझेदारीले ठूला शहरभन्दा बाहिरका समुदायसम्म गुणस्तरीय टायल पुर्‍याउने कम्पनीको प्रयासलाई बलियो बनाएको बताए। उनले नवलपुर तथा आसपासका बासिन्दाले कजारियाको विश्वसनीय गुणस्तर र आधुनिक डिजाइन सजिलै प्राप्त गर्ने विश्वास व्यक्त गरे।

कम्पनीले नयाँ शोरुम सर्वसाधारणका लागि खुला भइसकेको जनाउँदै दलदले, नवलपुर तथा आसपासका क्षेत्रका ग्राहकलाई नयाँ कलेक्सन अवलोकन गर्न आमन्त्रण गरेको छ।

कजारिया रमेश टायल्स लिमिटेडले नेपालमा उन्नत प्रविधिसहितको ठूलो टायल उत्पादन उद्योग स्थापना गरी टायल उद्योगमा योगदान दिँदै आएको छ। कम्पनीका अनुसार कजारियासँग ३ हजारभन्दा बढी डिजाइन विकल्प उपलब्ध छन्। कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल तथा सेरामिक वाल टायललगायत समावेश छन्।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरुमहरूको सञ्जाल विस्तार गरिसकेको छ। कम्पनीका टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, टिकाउ र आधुनिक डिजाइनमा उपलब्ध रहेको जनाइएको छ।