पिएसएम नेपाल डटकमको दोस्रो नियमित बैठक तथा सम्मान कार्यक्रम सम्पन्न ।
बुटवल। अमर सञ्चार गृह प्रा.लि.द्वारा सञ्चालित पिएसएम नेपाल डटकमको दोस्रो नियमित बैठक तथा सम्मान कार्यक्रम बुटवल–सेमलारस्थित द एप्पल होटलमा शुक्रबार सम्पन्न भएको छ।
बैठक सम्पन्न भएपछि आयोजित सम्मान कार्यक्रममा २०८३ बैशाख १ गते सम्पन्न पिएसएम नेपाल डटकमको दोस्रो वार्षिकोत्सव तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै उत्कृष्ट आतिथ्य सत्कार तथा व्यवस्थापनमा सहयोग पुर्याएकोमा २०८३/०३/१५ गते बसेको बैठकले निर्णय बमोजिम द एप्पल होटलका सञ्चालक नारायण पहराईलाई कम्पनीका तर्फबाट सम्मान–पत्र प्रदान गरिएको हो।
पिएसएम नेपाल डटकमका संस्थापक डिआरजी सुमन, अमर सञ्चार गृह प्रा.लि. का प्रमुख कार्यकारी निर्देशक चन्द्रमणि भट्टराई तथा पिएसएम नेपाल डटकमका सम्पादक खुमराज बस्यालले संयुक्त रूपमा उक्त सम्मान-पत्र हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै संस्थाका प्रतिनिधिहरूले सम्पूर्ण कार्यक्रमलाई सफल बनाउन द एप्पल होटल परिवारले पुर्याएको सहयोग, आत्मीय आतिथ्यता तथा उत्कृष्ट व्यवस्थापनप्रति हार्दिक आभार व्यक्त गरेका थिए। साथै, होटलले पर्यटन प्रवर्द्धन तथा गुणस्तरीय सेवामार्फत यस क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्दै होटलको निरन्तर उन्नति, प्रगति र सफलताको शुभकामना व्यक्त गरिएको थियो।
सम्मान ग्रहण गर्दै होटल सञ्चालक नारायण पहराईले आभार व्यक्त गर्दै आफ्नो होटलमा पिएसएम नेपाल डटकमको टोलीलाई पहिलो ग्राहकका रूपमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनुभयो। उहाँले संस्थाको उज्ज्वल भविष्य, निरन्तर प्रगति तथा सफलताको शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।











