पदमा नरहेपनि पाणिनीको विकासमा व्यस्त छन् पूर्व अध्यक्ष गौतम
अर्घाखाँची । पाणिनी गाउँपालिकाका संस्थापक अध्यक्ष अच्युत गौतम आजभोली निकै व्यस्त छन् । हातमा योजना, हृदयमा पाणिनीको माया र मनमा बिकासको दृढ संकल्प बोकेर लुम्बिनी प्रदेशको राजधानी देउखुरी धाइरहेका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यदेखि अर्थमन्त्री धनेन्द्र कार्की, कृषिमन्त्री दिनेश पन्थीसँग भेटघाट, सामाजिक विकास, खानेपानी, भौतिक पूर्वाधार र सिँचाइ मन्त्रालयसम्म उनको दौड थियो । जहाँ-जहाँ पुगे, पाणिनीका योजना र सम्भावनाका कुरा राखे । सडक, खानेपानी, कृषि पूर्वाधार, सिँचाइ प्रणाली, शिक्षा र स्वास्थ्य सबै पक्षमा उनले ध्यानाकर्षण गराए ।
उनी भन्छन्, “पदमा नहुनु सेवा गर्न नपाउने होइन, मतदाताको विश्वासको सम्मान भनेको जे जस्तो अवस्थामा पनि गाउँको पक्षमा खटिनु हो।”
पाणिनीका दर्जनौं योजना बोकेर राजधानी पुगेका गौतमले साँचो नेतृत्व कुर्सीमा होइन, जनतासँगको सम्बन्ध र संकल्पमा निहित हुन्छ भन्ने देखाएका छन् । शब्द भन्दा बढी काम बोल्ने गौतम अहिले पनि पाणिनीका लागि त्यतिकै समर्पित छन्, जति अध्यक्ष हुँदा थिए ।
स्थानीय तहको गत निर्वाचनमा पराजित भएपनि गौतम पाणिनी गाउँपालिकाका पहिलो अध्यक्ष हुन् । आफ्नो कार्यकालमा उनले शिक्षा, स्वास्थ्य, सडक, कृषि र अन्य पूर्वाधार विकासमा विभिन्न काम गरेका थिए ।
गौतमले पेश गरेका योजनामा प्राथमिकताका विषयहरूको अध्ययन गरी मन्त्रालयहरुमा सकारात्मक छलफल भइरहेको जनाइएको छ ।
स्रोत: भिम विश्वकर्मा, अध्यक्ष-पाणिनी पत्रकार समाज











