लायन्स क्लब अफ बुटवल तिनाउद्धारा दोस्रो वृक्षारोपण कार्यक्रम सम्पन्न


लायन्स क्लब अफ बुटवल तिनाउद्धारा दोस्रो वृक्षारोपण कार्यक्रम सम्पन्न

बुटवल। लायन्स क्लब अफ बुटवल तिनाउद्धारा दोस्रो वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १३ बेलबासमा सोमबार दोस्रो पटक वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो । 

क्लबका अध्यक्ष लायन अनन्त न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि रिजन चियरपर्सन लायन विष्णु काफ्ले तथा क्लबका अन्य सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । 

क्लबका उपाध्यक्ष लायन खुमराज खड्का र समाजसेवी व्यक्तित्व वामदेव भुसालले संयुक्त रुपमा संयोजन गरेको सो कार्यक्रममा शित्तलचिन (मोरिङ्गा), आँप लगायत विभिन्न प्रजातिका ५० भन्दा बढी विरुवाहरु रोपिएको हो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले सो कार्यको खुलेर प्रशंसा गर्नुभएको थियो भने अध्यक्ष न्यौपानेले सहभागी सम्पूर्णलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो । यसैगरी संयाेजकद्धय खड्का र भुसाललाई प्रमुख अतिथिले सर्भिस पिनद्वारा सम्मान गर्नुभएकाे थियाे ।

संयोजकको तर्फबाट बोल्दै समाजसेवी बामदेव भुसालले वृक्षारोपण जस्तो उत्कृष्ट सामाजिक कार्यमा आफु जोडिन पाउँदा खुसी लागेको र यो अवसर जुटाईदिएकोमा क्लब परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । समाजसेवा गर्न कुनै पद र स्थान नचाहिने, मन भए पुग्छ भन्दै अन्य व्यक्तिलाई पनि यस्ता कार्यक्रमहरुमा निरन्तर सहभागी हुन अनुरोध गर्नुभयो । आफु नयाँगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको उम्मेदवार भई उपविजेता भए तापनि सामाजिक क्षेत्रमै निरन्तरता दिईरहेको र सामाजिक कार्य गर्दा आफुलाई खुसी लाग्ने बताउनुभयो । 

कार्यक्रमको संचालन क्लबका सचिव लायन सुमन घिमिरेले गर्नुभएको थियो । यस अघि पनि यसै क्लबले गत असारमा सिद्धबाबा क्षेत्रमा वृक्षारोपण कार्य गरिसकेको छ ।