ब्रेन ट्युमर पिडित निश्चल घिमिरेलाई केरवादी सम्पर्क समाजद्धारा आर्थिक सहयाेग हस्तान्तरण


ब्रेन ट्युमर पिडित निश्चल घिमिरेलाई केरवादी सम्पर्क समाजद्धारा आर्थिक सहयाेग हस्तान्तरण

मुम्बई । ब्रेन ट्युमर जस्ताे घातक राेगले ग्रस्त पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. १२ अल (कुरुङखाेला) निवासी टंकनाथ घिमिरे र लक्ष्मी घिमिरेको छोरा बर्ष ९ का युवराज घिमिरे (निश्चल) लाई केरवादी सम्पर्क समाजले आज आर्थिक सहयाेग हस्तान्तरण गरेकाे छ । 

नेपाल तथा बिदेशबाट गरेर करिब ९६ जना सहयाेगीद्वारा उठाइएकाे जम्मा १,६४,८३८/- (एक लाख चौसट्ठी हजार आठ सय अड्तिस) रुपैया आज केरवादी सम्पर्क समाजका उपाध्यक्ष श्री दोकनारायण बन्जाडे, सचिव भोजराज पान्डेय, सहयोगी रमा पान्डेय, चण्डी भन्डारी, सीता भन्डारीको संयुक्त उपस्थितमा पिडितको घरमै पुगेर उक्त रकम हस्तान्तरण गरिएको संस्थाका सचिव पाण्डेले जानकारी गराएका छन् । 

यसै समाजमा आबद्द रहेकी रमा पान्डेयको अनवरत सक्रियता र प्रवासमा आफ्नाे कर्मथलाे बनाएका सहयोगी युवाहरु भारत चेन्नेइबाट यादव पान्डेय, पुनाबाट शिव भट्टराई र मुम्बईबाट शिव बस्यालको नेतृत्वमा सहयाेग स‌ंकलन अभियान सुरु गरिएकाे अभियान्ताहरुले बताएका छन् ।

ब्रेन ट्युमर जस्तो जटिल रोगको सिकार हुन पुगेका निश्चलकाे विगतको ६ महिनादेखी काठमाडौ स्थित अन्नपुर्ण न्युरोलोजिकल ईन्स्टिच्युटमा उपचार भइरहेको थियो । उपचार गर्ने क्रममा २ पटक सम्म ब्रेनको अपरेसन पनि गरिएको र उपचारका लागी आर्थिक अभावका कारण घरमै राख्न परेकाे परिवार स्रोतले जनाएकाे छ । 

आफ्नै घरमा हाेटल व्यवसाय संचालन गर्दै आएका घिमिरे दम्पतिले ऋण खाेजी,  होटेल घर बन्धकी राखेरै भएपनि उपचारमा कुनै कमी नराखेकाे भएतापनि जटिल रोगले गर्दा रोग निको हुन नसकेकाे र अहिलेसम्म करिब ४८ लाखभन्दा बढी खर्च भइसकेकाे र थप उपचारका लागी आर्थिक सहयोगका लागी वडा र नगरपालिका पनि जानकारी गराउदै सहयोग गरिपाउ भनेर निवेदन समेत दिएको घिमिरे दम्पति बताएका छन् ।  

घिमिरे दम्पतीले आगामी उपचारको लागि आर्थिक अभावको कारणले अत्यन्तै समस्या परेको र परिवार नाजुक बन्दै जादा आर्थिक समस्यामा सहयोग गरिदिनको चारैतर्फ हारगुहार गरेका छन् । 

यसैबिचमा केरवादी गाउँको चेली भएको नाताले गर्दा पनि आफ्नै समस्या सम्झेर केरवादी सम्पर्क समाजले सहयोग जुटाउने अभियान सुरु गरेकाे यसै समाजका सचिव भाेजराज पाण्डेले बताए ।

अझै सहयोग जुटाउने कार्य निरन्तर जारी रहेको जानकारी दिदै सम्पुर्ण महानुभावहरुलाई सहयाेग गर्न र केही दिनमै अरु रकम पनि हस्तान्तरण गर्ने योजना रहेको सक्रिय अभियन्ता युवा समाजसेवी यादब पान्डेयले जानकारी दिए ।

साथै यसरी समस्या परेको बेलामा आफ्नै समस्या सम्झेर सहयोग गर्ने सम्पुर्ण सहयोगी दाताहरु धन्यवाद दिँदै एक ढिक्का भएर काम गरे असम्भव पनि सम्भवमा परिणत हुनसक्ने धारणा शिव बस्यालले व्यक्त गरेका छन् ।