रास्वपाको घण्टी बजाउन डा.स्वर्णिम वाग्ले मुम्बईमा
मुम्बई, भारत । महारास्ट्र राज्य समिती प्रवासी नेपाली सम्पर्क मंच भारतले आयोजना गरेको एक बृहत भेला तथा सास्कृतिक कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टिका उप-सभापति डा.स्वर्णिम वाग्ले मुम्बई आएका छन् ।
मुम्बईको मिरारोड स्थित सेन्ट थोमस चर्चहल साइबाबा नगरमा असार २ गते राखिएको कार्यक्रम शुरूवात हुनु अगावै वाग्लेले विभिन्न राजनीतिज्ञ, सामाजिक अभियान्ता र विभिन्न संघ सस्थाका व्यक्तित्वसँग भेटवार्ता गरेका थिए । प्रवासमा रहेका समस्या, नेपालीहरुको भोगाइ र समस्या समाधानका वैकल्पिक बाटाहरुको बारेमा समाधान खोज्न पहल गर्ने वाचा दिएका छन् । प्रवास सङ्गसङै स्वदेशमा पनि आम जनताले भोग्नु परेको समस्या, समाधान र स्थायित्वकरणलाइ मिसन ८४ मा साकार पार्ने लक्ष्य बोकेको रास्वपालाइ अब संगठन बिस्तारको आवस्यकता रहेको जानकारी दिए । पार्टी संगठन, प्रवेश र ऐक्यबद्धताले मिसन ८४ को सपना साकार पार्ने कुराहरुमा बढि जोड दिए ।
घण्टी देशमा मात्रै होइन अब बिदेशमा पनि बज्न लागेको छ । नेपाललाइ हाम्रै पालामा कायापलट गरिदिने र धेरै कार्यकाल होइन जम्मा ३/४ कार्यकाल गर्ने र देशमा रहेको बेथिति, बेरोजगार, भ्रस्टाचार र मानव बेचबिखन प्रकरण जस्ता क्रियाकलापको अन्त्य गर्ने बताए । खुलेरै प्रशंसा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जस्तै राजनीति नेतृत्व आवस्यक रहेको हुँदा भोलिका दिनहरुमा रास्वपाले पनि लोकतान्त्रिक महत्व बुझेर त्यस्तै नेतृत्व गर्ने कुरामा जोड दिए । आगामी चुनाव ८४ मा गोपाल हमाल, बालेन शाह, कुलमान घिसिङ्ग जस्ता ब्यक्तिहरुले पनि साथ दिए अझै सशक्त ढंगले जान सकिने कुरा गर्दै शान्तिपुर्ण ढंगको मतपत्रले नै संविधानमा कायापलट गर्ने र अपराधीक कुराहरुलाइ निर्मुल गराउन सक्ने रास्वपामा ल्याकत रहेको बताए । देशमा शासन गर्दै आएका बर्षौ पुराना ठुला दलहरुले देशलाइ अन्धकारमा धकेलेको र अब देशमा उज्यालोको आवश्यकता रहेको हुदा अबको विकल्पकाे रुपमा केवल रास्वपा नै जन्मिएको दावी समेत गरे ।
भारतको मध्यप्रदेश भोपाल, मुम्बई हुँदै आगामी कार्यक्रम कर्नाटक बैङ्ग्लोरमा हुने बताए । भारतको विभिन्न राज्यहरुमा आम नेपालिहरुको भोगेको समस्या मध्ये दोहोरो नागरिकता, भारतीय आधारकार्ड केवल आइडी मात्र रहेको र बुझाइको फरकताले गर्दा नेपालीहरु समस्यामा परेको हुदा यो समस्या सुल्झाउन सम्वन्धित निकाय, राजदुतावास र देशको संसदमा पनि कुरा उठाउने बताउदै, आर्थिक लेनदेनमा आएका समस्या, बोर्डरमा लुटिनुको पीडा र सामाजिक विमा नहुदा भारतमै विभिन्न दुर्घटना पर्दा आइपर्ने समस्याका मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिबद्दता जाहेर गरे ।
योग्य ब्यक्तिहरु छनौट गरेर आगामी दिनहरुमा रास्वपाको बहुमतको सिट फराकिलो पार्दै देशमा बाटोघाटो, स्कुल कलेज, ईन्टरनेट, अस्पताल, बिजुली बत्ती, औषधि सबैकुराको सुबिधा गराएर नेपाललाइ गुल्जार बनाउने र युवा पलाएन रोक्न आइटी क्षेत्रलाई बिस्तार गरेर स्वदेशमै बस्न सक्ने वातावरण बनाउनको लागी आम जनताको सपोर्ट र पार्टी एकीकृत हुनुपर्ने बताउदै आमूल परिवर्तनका एजेन्डा, सु-शासन र प्रदेश सभा खारेज जस्ता विभिन्न कुराहरुमा जोड दिदै बैकल्पिक बाटोको रुपरेखा कोर्ने केवल रास्वपामा मात्र ल्याकत रहेको बताए ।
पछिल्लो चुनावलाई केलाउने हो भने १ करोड ८० लाख मतदाता रहेको देशमा ठुला पार्टी भनिने काङ्ग्रेसले २७ लाख , एमालेले २८ लाख , माओवादीले १२ लाख र जम्मा पार्टी खोलेको ५/६ महिनामै रास्वपाले १२ लाख भोट ल्याएकाे थियो । त्यसैले आगामी चुनावमा ६/७ लाख भारतमा बसेका नेपालीहरुबाट, १२ लाख अन्यत्र देशहरुमा रहेकाबाट १०/१२ लाख अन्य पार्टिबाट दिक्दार भएका स्वदेशी नागरिकबाट साथ पाउने अपेक्षा राख्ने हो भने लगभग ४० लाख भोट रास्वपाले ल्याउन सक्नेछ र देशको राजनीतिमा कायापलट गर्दै भारतिय राजनीतिको मोडालिटी जस्तै मुल पार्टी रास्वपा र बाहिरबाट अन्य पार्टिको सहायतामा देश हाक्ने अंकगणितको नक्सा पनि देखाए ।
विभिन्न मुद्दा खेपेर जेलमा रहेका रविको बारेमा बोल्दै एउटा बेकसुर ब्यक्तिलाइ विभिन्न लान्छना लगाएर फसाएको र पार्टिले आगामी चुनाव सम्ममा बाहिर निकाल्ने प्रयास रहेको र देशमा रहेका चोर, फटाहा, बदमासहरुलाइ मिसन ८४ ले लात हानेर निकाल्ने प्रवल संभावना जिकिर गर्दै आजसम्मको यो यात्रा केवल ट्रेलर रहेको र अब पूरा फिल्म ८४ मा देखाउने भन्दै आम प्रवासिको साथ लिन र पार्टिको घण्टी बजाउन निमन्त्रणा लिएर देश प्रदेशमा सामुहिक भेला कार्यक्रम गर्दै आएको बताए ।











