अहमदाबाद देखि लन्डन उडेको एयर ईन्डियाको विमान दुर्घटना


अहमदाबाद देखि लन्डन उडेको एयर ईन्डियाको विमान दुर्घटना

भारत । भारतको गुजरातमा एयर ईन्डियाको प्लेन दुर्घटना भएकाे छ । अहमदाबाद देखि लन्डनका लागी उडेकाे बोइङ ड्रीमलाइनर-७८७ ले आज दिउसो १ बजेर ३८ मिनेटमा उडान भरेको  ५ मिनेटमै दुर्घटना भएकाे हाे । विमानमा २३० यात्रु र १२ क्रु मेम्बरहरु सहित जम्मा २४२ जना सवार थिए ।

दुर्घटनापछि आपतकालीन स्तिथी घोषणा गरेर तत्काल अहमदाबादको एयरपोर्ट बन्द गरिएको छ ।  प्लेनमा गुजरातका पुर्व सि एम विजय रुपाणी पनि सवार रहेको पुष्टि भएको छ । प्रत्यक्ष दर्शिका अनुसार विमान मेघानी नगरमा रहेको सिभिल अस्पतालको डक्टर होस्टेल माथी खसेको थियो । होस्टेलमा रहेका १२ जना डक्टर पनि घाइते भएको गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले जानकारी दिएका छन । सिभिल अस्पताल नजिकै रहेका कैयौं घरहरुमा पनि नोक्सानी पुगेको आ‌कलन गरिएकाे छ ।

 साे विमानमा भारतीय नागरिक १६९ जना , ब्रिटिस नागरिक ५३ जना , क्यानडियन नागरिक १ जना र पुर्तगालको ७ जना यात्रु रहेको जानकारी आएको छ । भारतीय गृहमन्त्री अमित शाहले गुजरातका तत्कालिन मुख्यमन्त्री भुपेन्द्र पटेलसँग कुराकानी गरेर यो दुर्घटनामा हर संभव सहयोग गर्ने भरोसा दिएका छन् । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले दुर्घटना प्रती अत्यन्तै खेद प्रकट गरेका छन् ।

अहिले उद्दार कार्य जारी रहेको र दुर्घटनामा के कति क्षती भयाे भन्ने अझै पुष्टि भइसकेकाे छैन ।