गृह मन्त्रालयद्वारा निर्वाचन आचारसंहितामा राष्ट्रिय झण्डा प्रयाेगकाे मापदण्ड जारी
काठमाडाै । गृह मन्त्रालयले नेपालकाे राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन एक प्रेस विज्ञप्ति जारी गरेकाे छ ।
साे विज्ञप्तिमा निर्वाचन आचारसहितालाइ ध्यानमा राखेर प्रचारप्रसारकाे क्रममा १० वटा बढी राष्ट्रिय झण्डा प्रयाेग गर्न नपाइने भएकाे छ ।
यसैगरी राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न वा गराउन, राष्ट्रिय झण्डा उल्टो (चन्द्रमा तल पर्ने गरी राख्न, राष्ट्रिय झण्डा च्यात्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न, व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न, व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टास्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्ने गरी लगाउन, शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री/बाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतिक/चित्र राख्न, फहराउने प्रकृतिको (राष्ट्रिय झण्डा ओहालेर राख्दा बाहेक) कार्यमा बाहेक अन्यत्र राष्ट्रिय झण्डाको प्रयोग गर्न निषेध गरिएको छ।
राष्ट्रिय झण्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुन बमोजिम मात्र प्रयोग गर्न अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानून बमोजिम कारबाही हुने व्यहोरा जारी विज्ञप्तिमा भनिएकाे छ ।











