कान्ति मा.वि. का प्रज्वल पन्थीले ल्याए ३.९६ जिपिए, नेपाल प्रथम भएको विद्यालयको दावी

बुटवल । बुटवलको कान्ति माध्यमिक विद्यालयका प्रज्वल पन्थीले कक्षा १२ को परीक्षामा ३.९६ जिपिए ल्याउन सफल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा सञ्चालन गरेको कक्षा १२ को परीक्षामा उनले उक्त जिपिए ल्याउन सफल भएका हुन् । विद्यालयले नेपाल प्रथम भएको दाबी गरेको छ ।
विद्यालयबाट यसवर्ष ९३६ विद्यार्थी परिक्षामा सहभागी भएकोमा ३६ जनाले ३.६ देखि ४ जिपिए प्राप्त गरेका छन् भने शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएको विद्यालयका प्राधानाध्यापक गोविन्द ज्ञवालीले बताए ।
विद्यार्थीका अभिभावकले विद्यार्थीको निरन्तर पढाइप्रतिको लगाव , शिक्षक तथा विद्यालय प्रशासनको कडा मिहिनेत एवम् सहयोगबाट यस किसिमको नतिजा प्राप्त गर्न सफल भएको ज्ञवालीले बताए ।