आज बडा दशैं : हर्षोल्लासका साथ टिका र जमरा ग्रहण गरेर मनाईदै


आज बडा दशैं : हर्षोल्लासका साथ टिका र जमरा ग्रहण गरेर मनाईदै

बुटवल। बिश्वभरका नेपाली हिन्दुहरुले मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाउदै छन्।

घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसाद स्वरूप रातो टीका र जमरा लगाउने परम्परा छ। केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन्। मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धीको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ।

असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ। कतैकतै पूर्णिमासम्म दशैंको टीका लगाउने चलन छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंको विभिन्न साइत सार्वजनिक गरेको छ। समितीका अनुसार यस वर्ष दसैंको टीका साइत बिहान ११ बजेर  ५३  मिनेटमा जुरेको छ।

पञ्‍चांग निर्णायक समितिले सार्वजनिक गरेको साइत अनुसार विजया दशमीका दिन बिहान ११ बजेर  ५३  मिनेटको समय टीका ग्रहणका लागि उत्तम मानिएको छ।