दसैंको टीकाको दिन कहाँकहाँ छ वर्षाको सम्भावना ?


दसैंको टीकाको दिन कहाँकहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ। 

बिहीबार बडादसैं अन्तर्गत् टीकाको दिन सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेश एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

बिहीबार राति पनि सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा

मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।