बुटवल–११, सृजनानगरमा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । सिर्जनानगर खानेपानी विकास निर्माण तथा वातावरण सरसफाई उपभोक्ता समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार सृजनानगर खानेपानीको सभाहलमा भएको उक्त कार्यक्रममा ६७ पीन्ट रगत संकलन भएको थियो ।
स्वस्थ रगत सबैका लागि भन्ने नारासहित आयोजना गरिएको सो कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी, समाजसेवी तथा स्थानिय बासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमका अध्यक्ष बुटवल उपमहानगरपालिका वडा नं. ११ का जनप्रतिनिधी नकुल शाही ठकुरीले सम्पूर्ण रक्तदाताहरुलाई विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो । स्वस्थ व्यक्तिले हरेक ३/३ महिनामा नियमित रक्तदान गर्नुपर्ने र यसले आफ्नो शरिर पनि स्वस्थ रहने भएकोले रक्तदानको विशेष महत्व रहेको उहाँले बताउनुभयो ।
सो कार्यक्रमलाई सम्पन्न गर्न नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही, संयोग फार्मेसी एण्ड प्रयोगशाला बुद्धनगर तथा सृजनानगर जनसेवा क्लबको विशेष सहयोग रहेको संयोग फार्मेसीका संचालक अरुण खनालले बताउनु भयो ।
कार्यक्रमलाइ अंशु पौडेलले संचालन गर्नुभएको थियो ।