पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ
पाल्पा । तानसेन नगरपालिका–१३, बौघागुम्हा, केरवादीबाट घरमा लुकाई राखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीलाई प्राप्त सूचनाका आधारमा खानतलासी गर्दा बौघागुम्हा केरवादीका ६४ वर्षीय शालिकराम रेश्मीको घरबाट अवैध हतियार (भरुवा बन्दुक) फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए ।
प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा जिल्लाबाट प्रहरी निरीक्षकसहितको प्रहरी टोली खटिई रेश्मीको घरकोठा रितपूर्वक खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा अवैध एक नाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।
रेश्मीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।











