देशभरकै सडक सुधार्न सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री कार्यालय ।
काठमाडौं । रोल्पा जिप दुर्घटनाको ३ दिनपछी एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकार देशभरकै सडक सुधार्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।
२० जना नागरिकको ज्यान जानेगरि भएको उक्त दुर्घटनाको छानबिन समितिले पेस गर्ने प्रतिवेदनका आधारमा सडक दुर्घटना न्यूनिकरणका लागि आवश्यक नितिगत तथा संरचनागत सुधार गर्न सरकार दृढताका साथ अघि बढ्नेछ, विज्ञप्तिमा भनिएको छ ।
"समितिको प्रतिवेदन प्राप्त हुनासाथ त्यसका निष्कर्ष र सुझावहरूलाई तत्काल कार्यान्वयनमा लैजान तथा देशभरकै सडक सुरक्षा प्रणालीमा आवश्यक नीतिगत र संरचनागत सुधार गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पूर्ण प्रतिवद्धछ ।
सडक दुर्घटना नागरिकको जीवन र परिवारको भविष्यसँग जोडिएको अत्यन्तै गम्भीर विषय भएकोले यसमा देखिएका प्राविधिक तथा मानवीय कमजोरी सुधार्न कार्यालय दृढताका साथ अघि बढ्नेछ ।" विज्ञप्तिमा उल्लेख छ ।











