लायन्स क्लब अफ बुटवल तिनाउले मनायो राष्ट्रिय टोपी दिवस तथा अंग्रेजी नयाँ वर्ष


लायन्स क्लब अफ बुटवल तिनाउले मनायो राष्ट्रिय टोपी दिवस तथा अंग्रेजी नयाँ वर्ष

रुपन्देही । लायन्स क्बल अफ बुटवल तिनाउद्धारा राष्ट्रिय टोपी दिवस तथा नयाँ वर्ष २०२६ काे अवसरमा एक कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ६, ट्राफिकचोकमा आफ्नै नेपाली उत्पादनको ढाका टोपी लगाइ शुभकामना व्यक्त गर्दै उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा नेपाली ढाकाटोपी वितरण पनि गरिएको थियो ।

लायन्स क्लब अफ बुटवल तिनाउका उपाध्यक्ष लायन खुमराज खड्काको अध्यक्षता, डिष्ट्रिक ३२५ पि नेपालका गर्भरन PMJF लायन बालाराम भट्टराईको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रम यसै क्लबका सदस्य लायन ओम प्रकाश बस्यालले संचालन गर्नुभएको थियो ।

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भट्टराईले नेपाली ढाका टोपी आफ्नो नेपालको पहिचान भएकोले सम्पूर्ण नेपालीहरुले यसलाई लगाएर देशको गौरव बढाउनुपर्ने धारण व्यक्त गर्नुभयो । "नेपाली टोपी लगाउनु स्वास्थ्यका लागि पनि फाइदा हुने र यसको प्रयोगले अर्थतन्त्रमा पनि योगदान पुर्याउन सकिन्छ।" प्रमुख अतिथि भट्टराईले भन्नुभयो । 

यसैगरी कार्यक्रमका अध्यक्ष लायन खुमराज खड्काले उपस्थित हुनुहुने सम्पूर्ण अतिथि, क्लब सदस्य तथा सम्पूर्ण नेपालीहरुलाई धन्यवाद सहित शुभकामना व्यक्त गर्नुभएको थियो । लायन्स क्लब अफ बुटवल तिनाउले हरेक वर्ष नेपाली टोपी दिवसको अवसरमा ढाका टोपी वितरण कार्यक्रम गर्दै आईरहेको र यसलाई निरन्तरता दिईरहने बताउनुभयो । यसले क्लबको ब्राण्डिङ्गमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ । 

यसै कार्यक्रममा प्रमुख अतिथिले कार्यक्रमका संयोजक क्लब सचिव लायन सुमन घिमिरेलाई पिनद्धारा सम्मान गर्नुभएको थियो ।