राप्रपाकी उम्मेदवार कर्भिका थापाले लिइन् उम्मेद्वारी फिर्ता ।
रुपन्देही । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ की राप्रपा उम्मेदवार कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन् ।
कुनै विरोध र उजुरी नपरेको भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले मनोनयन फिर्ता लिन अनुरोध गरेकाले आफुले उम्मेद्वारी फिर्ता लिएकाे उनले जानकारी गराएकी छिन् ।
आफु केहि वर्षयता विदेशमा रहेकाे र त्यहाँ रहँदा लिएकाे कार्ड त्यागेकाे समयावधी नपुगेकाे कारण नेपालकाे कानुन बमाेजिम आफु उम्मेद्वारका लागी अयाेग्य हुन सक्ने भन्दै उनले उम्मेद्वारी फिर्ता लिएकी हुन् ।











