पाल्पाकी राधिका दुबे दिल्लीबाट बेपत्ता ।


पाल्पाकी राधिका दुबे दिल्लीबाट बेपत्ता ।

भारत । पाल्पा जिल्ला रम्भा गाउँपालिका–१, नौगाउँ माईतीघर तथा गल्याङ नगरपालिका वडा नं. ७, बर्दलाम घर भई हाल भारत दिल्ली स्थित सालिमार बस्दै आएकी राधिका दुबे यहि फेब्रुअरी ३ (माघ २०) बाट बेपत्ता भएको परिवारले जनाएको छ । 

आफ्नो श्रीमान् लिला दुबे, ३ वर्षकी छोरी र २ वर्षका छोरासहित दिल्लीमा बस्दै आएकी २३ वर्षिय राधिका सोहि दिन करिब ९ बजे सुट सिलाउन भन्दै घरबाट निस्किएपछि सम्पर्क बिहीन भएको उनका श्रीमान् लिला दुबेले बताएका छन् ।

५ वर्ष पहिले मागी विवाह भएपश्चात उनीहरु दिल्लीमा बस्दै आईरहेका थिए । राधिका सम्पर्कबिहीन भएपछि परिवारले चारैतिर खोजी कार्य जारी राखेको छ । दिल्लीस्थित प्रहरी निकायमा पनि निवेदन दर्ता गरि प्रक्रिया अघि बढेको केशव पाेखरेलले जानकारी दिनुभएकाे छ ।

श्रीमती बेपत्ता भएदेखि घरमा बालबच्चाले आमा..आमा.. भनेर बोलाईरहेका छन्, आफु लगायत परिवार, ईष्टमित्र जताततै तनाव र चिन्ता उत्पन्न भएको छ, दुखी हुँदै श्रीमान् दुवेले बताएका छन् । 

खोजी कार्यका लागि चारैतिर हारगुहार गरेपनि कतै फेला नपरेको हुँदा कतै देख्नुहुने वा फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा सम्बन्धित पक्षलाई खबर गरिदिनुहुन परिवारले आग्रह गरेको छ ।

सम्पर्कका लागी सार्वजनिक गरिएका नम्बरहरुः

भारतका लागीः केशव पोखरेल +91 8368110560, श्रीमान लिला दुवे +91 9319881640
नेपालका लागिः गोमता पोखरेल 9846142792, बुबा कुलप्रसाद पाण्डे 9857068560, राजु राना 9846109331