गृहमन्त्री सुधन गुरुङले दिए पदबाट राजीनामा
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्।
विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन्।
राजीनामा दिँदै उनले भनेका छन्, "सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।"
उनले देखाएकाे नैतिकतालाइ धेरैले प्रशंसा गरेका छन् ।











