तिनाउ नदिमा पौडी खेल्ने क्रममा एक जना भारतिय नागरिक बेपत्ता


तिनाउ नदिमा पौडी खेल्ने क्रममा एक जना भारतिय नागरिक बेपत्ता

बुटवल । तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइडमा पौडी खेल्ने क्रममा विहिबार डुबेर एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भारतको महाराजगंज जिल्ला अन्तर्गत नौतनवा निवासी १८ वर्षीय सोएब अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले जानकारी दिए ।

प्रहरीका अनुसार  अन्सारी आफ्ना दाजुभाइ र साथीहरू सहित बुटवल घुम्न आएका थिए। घुम्दै तिनाउ खोलाको ड्यामसाइड पुगेका उनीहरू पौडी खेल्ने क्रममा अन्सारी ड्यामको रहमा डुबेका थिए।

डुबेका अन्सारीको शव अझै फेला नपरेको र खोजी कार्य जारी रहेको डिएसपी मल्लले बताए ।