अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा मन्त्री वाग्ले र गोरबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
उक्त बैठकमा अर्थ सचिव डा. घनश्याम उपाध्याय, नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत श्री स्कट अर्वम, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारी एवं अमेरिकी कूटनीतिक प्रतिनिधिहरूको समेत उपस्थति रहेको थियो।











