राष्ट्रपतिद्धारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता


राष्ट्रपतिद्धारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता

काठमाडौं । राष्ट्रपति पौडेलले सरकारले सिफारिस गरेकामध्ये संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि फिर्ता गरेका छन् । उनले यसबारे संविधानविद्हरूसँग पनि परामर्श लिएका थिए ।

सरकारले पेस गरेको ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाले नै निर्णय गर्न सक्ने प्रावधान राखको उक्त अध्यादेश राष्ट्रपतिले फिर्ता गरेका हुन् ।

राष्ट्रपतिद्धारा यसअघि ७ वटा अध्यादेश भने जारी भईसकेका छन् ।