प्रधानमन्त्री कार्कीले नक्कली जेनजीसँग वार्ता गरेको ज्ञानेन्द्र शाहीको आरोप
काठमाडौं । सामाजिक संजाल फेसबुकमा पाेष्ट गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा नक्कली जेनजीसँग वार्ता गरेको आरोप लगाएका छन् ।
उनले लेखेका छन्, ‘प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा नक्कली जेनजीसँग वार्ता गर्दै छिन् । संयोजक भनिएका मान्छेको उमेर ३६ देखि ३८ वर्षका छन्।जसलाई प्रधानमन्त्री स्वयम आफैले खडा गरेकी हुन् । यदि असली जेन्जिसँग वार्ता गर्ने भए प्रधानमन्त्री ज्यु अस्पतालमा शय्यामा गोली खाएर लडेका युवाहरूसँग वार्ता गर्नुहोस्। होइन भने यो नाटक र चटक बन्द गर्नुहोस्।’
कतिपय जेनजी अगुवाहरुले सम्झौतापत्र च्यातेर याे सम्झौता नमान्ने अडान पनि लिएका छन् ।











