तमिलनाडुमा नयाँ राजनीतिक सुनामी: बालेन कै सैलिमा विजय थलापतीको पार्टीको ऐतिहासिक उदय
चेन्नई, भारत । मई ४ तारिख क़ो मतगड़नाको नतिजा अनुसार तमिलनाडुको राजनीतिक क्षेत्रमा एक ऐतिहासिक परिवर्तन देखिएको छ।
नेपालमा बालेन शाहको उदयले जस्तै नयाँ राजनीतिक शक्तिको लहर ल्याएको थियो, त्यस्तै प्रकारको प्रभाव अहिले तमिलनाडुमा पनि देखिन थालेको छ। चुनाव प्रचार शैली पनि उस्तै कुनै ठूलो घोषण नगरी जनता र युवा का कुरा सोसल मीडियकों प्रचार ले यो जीत सफल परेको हो ।
करिब एक वर्षअघि मात्र स्थापना भएको विजय थलापती नेतृत्वको नयाँ राजनीतिक पार्टीले अभूतपूर्व सफलता हासिल गर्दै १०७सिट जितेको छ। यस अप्रत्याशित जितले राज्यको परम्परागत राजनीतिक समीकरणलाई नै उल्ट्याएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, जनतामा रहेको परिवर्तनको चाहना, युवा पुस्ताको सक्रिय सहभागिता, र पारदर्शी शासनको प्रतिबद्धताले यो नयाँ शक्तिलाई बलियो बनाएको हो। विशेषगरी चलचित्र क्षेत्रबाट आएका विजय थलापतीको लोकप्रियता र जनसम्पर्क क्षमताले पार्टीलाई छोटो समयमै जनताको विश्वास जित्न सफल बनाएको बताइएको छ।
यस नतिजासँगै विजय थलापती तमिलनाडुको आगामी मुख्यमन्त्री बन्ने लगभग निश्चित देखिएको छ। यदि यो औपचारिक रूपमा पुष्टि भयो भने, यो दक्षिण भारतीय राजनीतिमा एक नयाँ अध्यायको सुरुवात हुनेछ।
जनताले पुराना दलप्रति देखाएको असन्तुष्टि र नयाँ विकल्पप्रतिको आकर्षणले यस परिणामलाई सम्भव बनाएको बताइन्छ। नेपालमा बालेन शाहको उदयले जस्तै, तमिलनाडुमा पनि अब “नयाँ राजनीति” को युग सुरु भएको संकेत मिलेको छ।
- यादव पाण्डे, चेन्नइ, भारत











