भारत र पाकिस्तानबीच युद्धविराम: जनतामा छायाे खुसीयाली ।

मुम्बई,भारत। भारत र पाकिस्तानबीच युद्धविरामको सहमति भएको खबर सङै दुई देशका जनताहरुमा खुशीको माहोल छाएको छ । पहलगामको घटनापछी शुरु भएको मन-मुटावको गाँठो फुकेको महसुस आम जन मानसमा प्रत्यक्ष परेको देखिन्छ । आज भारत र पाकिस्तान दुवै देशका DGMO बिच दिउँस करिव ३:३० बजे फोनवार्ता भए लगतै सम्झौता बलियो बन्दै गएको भारतिय सन्चार माध्यहरुले जानकारी गराएका छन ।
भारतिय विदेश सचिवको बयान अनुसार सिजफाएर लाई लिएर ठूलो फैसला भएको जानकारी गराएका छन । हावा , जमिन र समुन्द्री सवैतिर भारतिय समय अनुसार आज साझ ५:०० बजेदेखी सिजफाएर लागू भएको पुष्टि गरेका छन । सिजफाएरको एलान गरे लगत्तै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदि निवासमा सिडीएस (CDS) सङ्ग हाइ लेवलको मिटिङ्ग जारी रहेको जानकारी आएको छ ।
भारत पाकिस्तानको युद्धको संभावना बढ्दै जादा नेपालमा पनि यस्को प्रत्यक्ष असर हुनसक्ने कैयौ आशंका गरिएको थियो । पाकिस्तानको बोर्डर आसपास तिर विभिन्न पेसामा आवद्ध रहेका नेपालीहरु पनि आफ्नो सुरक्षाको लागि स्वदेश फर्किने लर्को लागेको थियो, साथै नेपाली दूतावास न्यु दिल्लीले पनि भारतमा रहेका आफ्नो देशका नागरिकहरुलाई सुरक्षित रहन एउटा बिग्यप्ती जारी गरेको थियो ।
दुवै देशको सम्झौता भए लगत्तै भारतले शुरु गरेको अपरेसन सिन्दुर अब रोकिएको छ । कैयौ ठाउका एयर्पोर्टहरु पुनः संचालनमा आउन थालेका छन । तर सिजफाएरको लागि फेरि अर्को बैठक भने मइ १२ तारिकको दिन दिउँस १२ बजे बस्ने निर्णय भारतिय समकक्षी नेताहरुले जानकारी गराएका छन । यो खबर सङै अमेरिकी रास्ट्रपति डोनाल ट्रमले पनि ट्विटर द्वारा भारत पाकिस्तान युद्द्विराम भएको जानकारी गराएका छन । भारतको विभिन्न राज्यमा बस्दै आएका नेपालिमनहरु अब हताहत नहुन पनि आग्रह गर्दछौ । फेरिपनी थप केही दिन अझै चनाखो, सुरक्षित रहन आव्हान गर्दछौ । जे होस ठूलो दुर्घटना हुने संभावना अब हटेर गए लगत्तै भारतीय जनताहरुपनि खुशी देखिन्छन र खुशिको माहौल पाकिस्तानमा पनि देखिएको छ ।