सञ्चारकर्मीद्धारा सशस्त्र प्रहरी नायब उपरीक्षक विकास खतिवडा सम्मानित


सञ्चारकर्मीद्धारा सशस्त्र  प्रहरी नायब उपरीक्षक विकास खतिवडा सम्मानित


विराटनगर- विराटनगरमा क्रियाशिल सञ्चारकर्मीहरुले आज  सशस्त्र प्रहरी नायब उपरीक्षक विकास खतिवडालाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरएको छ  । प्रस्तावित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, रानीमा कार्यरत खतिवडाले सीमा सुरक्षा सुदृढीकरण, अवैध गतिविधि नियन्त्रण तथा चोरी–पैठारी निरुत्साहित गर्न पुर्याएको योगदानको कदर गदै विराटनगरका सञ्चारकर्मीहरुले सम्मान गरेका हुन ।
अनुसार सशस्त्र प्रहरी बल नेपालको उद्देश्यअनुसार सीमामा सुरक्षा मजबुत बनाउने, यस क्षेत्रका विभिन्न विकृति–विसंगति न्यूनीकरण गर्ने तथा आम नागरिकमा शान्ति–सुरक्षाको अनुभूति गराउने कार्यमा खतिवडाको भूमिका उल्लेखनीय रहेको रहेको कार्यक्रमका संयोजक सत्यनारायण शर्माले जानकारी दिनुभयो ।
आफ्नो पदीय दायित्व र जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै जनविश्वास कायम गर्न सफल भएको जनाएको छ। कार्यक्रममा साझा सरोकार डट कमका सम्पादक रोशन पोखरेलले समाजमा शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षाकर्मीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सेवाभावका साथ कार्य गर्न शुभकामना व्यक्त गर्नुभएको थियो ।साथै सोही कार्यक्रममा समकालिन पथका सम्पादक तथा प्रकाशक मधुसुदन ज्ञवालीले सिमा क्षेत्रबाट हुने तस्करीलाई निरुसाहित गर्नमा मुख्य रुपमा खतिवडाले आफनो क्षेत्रबाट पुयाएको योगदानलाई सबैले आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी नायब उपरीक्षक विकास खतिवडाले संगठनले दिएको भुमिकालाई आफुले अक्षरास पालना गरेको बताउनुभयो । साथै उहाँले सञ्चारकर्मीद्धारा आफु सम्मानित हुन पाउनु गर्वको विषय भएको बताउनुभयो ।